Banijya News

सुदनसहित प्रलोपा अध्यक्ष परिषदबाट तिन जनाले दिए राजीनामा

1
1.1K Shares

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अध्यक्ष परिषद्‍का ५ जनामध्ये ३ नेताले राजीनामा दिएका छन् । सुदन किराती, दुर्वा सोव र ओजस्वी भट्टराईले पदबाट राजीनामा दिएका हुन् । पूर्वमन्त्रीसमेत रहेका सुदन जनार्दन शर्मासहित माओवादी छाडेर आएका हुन् । दुर्गा सोव डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल हुँदै आएकी हुन् । जेनजी पुस्ताको प्रतिनिधित्व गर्दै ओजस्वी भट्टराईलाई जिम्मेवारी दिइएको थियो ।

किरातीले चुनावलगत्तै राजीनामा दिएका थिए । अहिलेसम्म केही निर्णय नभएपछि हिजो अर्को पत्र पठाएको बताइएको छ । युवा पुस्ता अघि सर्नुपर्ने वकालत गरिरहँदा फेरि चुनावमा उठ्ने र एमालेसँग साँठगाँठ गरेको प्रति पनि किरातीको रिजर्भेसन रहेको बुझिएको छ । उनले सुरूदेखि नै पार्टीलाई एकल नेतृत्वमा लैजानुपर्ने राय राख्दै आएका थिए । प्रलोपालाई पुनरसंरचना गर्ने प्रस्तावसमेत सुदनले राखेका थिए ।

1

Scroll to Top