April 26, 2024, Friday
१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्रीमा केपी शर्मा ओलीको पनि दाबी

७ जेठ, काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो पनि दाबी प्रस्तुत गरेका छन् । एमालेका १२१ जना सांसद आफूसँग रहेको दावीसहित सोबारे जानकारी गराउन प्रधानमन्त्री केपी शर्मा ओली शीतलनिवास पुगेका छन् । उनले एमालेका १२१ र जनता समाजवादी पार्टी -जसपा)का १६ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् । उनी करिब ४० मिनेट शीतल निवासमा पुगेर बालुवाटार फर्किएका हुन् । 

यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा १४९ सांसद जुटेको थियो । लगतै प्रधानमन्त्रीमा दाबी गर्न विपक्षी गठबन्धनका नेताहरुसहित उनी शीतल निवास पुगेका थिए ।

Advertisement