April 26, 2024, Friday
१४ बैशाख २०८१, शुक्रबार

नेपाल पुनर्बीमा कम्पनीको आइपीओ बाडफाँट, आवेदन दिनेले पाए १० देखि ५० कित्ता

नेपाल पुनर्बीमा कम्पनीको आइपीओ बाडफाँट, आवेदन दिनेले पाए १० देखि ५० कित्ता

चैत २६, काठमाडौं ।
नेपाल पुनर्बीमा कम्पनीको आइपीओ बाडफाँट भएको छ । बिक्री प्रबन्धक आरबीबी मर्चेन्टको कार्यालयमा बुधबार बिहान सेयर बाटफाँट गरेको हो । आवेदन स्वीकृत भएका सबैले पुनर्बीमा कम्पनीको प्राथमिक सेयर पाएका छन् ।

Advertisement


आवेदन स्वीकृत भएका ३ लाख ९० हजार ६३८ जनाले न्यूनतम १० देखि अधिकतम ५० कित्तासम्म सेयर पाएका छन् । १०, २०, ३० र ४० कित्ता माग गर्नेले माग गरे बराबरकै सेयर पाएका छन् । ५० कित्ताभन्दा बढी सेयर माग गर्नेलाई ४० वा ५० कित्ता सेयर परेको छ । ५० कित्ताभन्दा बढी आवेदन दिने सबैलाई ४० कित्ता दिएपछि बाँकी रहेको सेयरमा थप १० कित्ताका दरले सेयर पाउनेहरु गोलाप्रथाबाट छनौट गरिएको थियो ।

Advertisement


यसरी छनौट गर्दा ७७ हजार २ सय ४५ जनालाई थप १० कित्ता अर्थात ५० कित्ताका दरले सेयर दिन पुुगेको छ । विविध कारणले ९८८ आवेदन रद्द भएको बिक्री प्रवन्धक आरबिबी मर्चेन्ट बैंकिङले जनाएको छ ।


त्यसकै लागि एकमात्र यो पुर्नबीमा कम्पनी संचालनमा आएको छ । सर्वसाधारणतर्फ १ करोड ६० लाख कित्ता जारी गरी कम्पनीले १ अर्ब ६० करोड रुपैयाँ पुँजी जुटाएको छ ।


नेपालका बीमा कम्पनीले विदेशका कम्पनीसँग पुर्नबीमा गर्दै आएकोमा केही वर्षयता निश्चित हिस्सा स्वदेशकै पुनर्बीमा कम्पनीमार्फत गराउनुपर्ने व्यवस्था गरिएको छ ।