May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

साताभरमा २१.२५ अंकले बढ्यो सेयर बजार, कारोबारमा पनि सुधार

साताभरमा २१.२५ अंकले बढ्यो सेयर बजार, कारोबारमा पनि सुधार

यो साताको तीन दिन मात्रै सेयर कारोबार भएको छ । तीन दिनमा ११ अर्ब ८८ करोडको कारोबार हुँदा नेप्से परिसूचकमा भने २१.२५ अङ्कको वृद्धि भएको हो ।

Advertisement

साताको पहिलो दिन आइतबार बजार खुल्दा २००४.०५ विन्दुमा रहेको नेप्से परिसूचक बुधबार २०२५.३० विन्दुमा बन्द भएको छ । यो साता बजारमा २१.२५ अङ्कको वृद्धि सँगै सेयर कारोबारमा पनि सुधार आएको हो । तीन दिनमा कुल ११ अर्ब ८८ करोड ६१ लाख २० हजार ९ सय ६३ रुपैयाँ बराबरको कारोबार भएको छ । जस अनुसार औसतमा हेर्दा दैनिक करिब तीन अर्ब ९६ करोड २० लाख बराबरको कारोबार भएको हो । यो साता आइतबार र मङ्गलबार बजार बढ्यो भने बुधबार बजारमा गिरावट आएको थियो ।

Advertisement

उपसूचकतर्फ हेर्दा यो साता बैंकिङ उपसूचक ९.१७ अङ्कले बढेको छ । यसैगरी विकास बैंक उपसूचक ९८.९९ अङ्कले बढेको छ । हाइड्रोपावर उपसूचकमा पनि यो साता ४६.२५ अङ्कले बढेको छ । फाइनान्स उपसूचक पनि ११७.४१ अङ्कले बढेको छ ।

आइतबार बजार खुल्दाको कुल पुँजीकरण ३१ खर्ब ७७ अर्ब ६७ करोड रुपैयाँ रहेकोमा बुधबार बजार बन्द हुँदा कुल बजार पुँजीकरण बढेर ३२ खर्ब १२ अर्ब पुगेको छ । अर्थात यो साता समग्र लगानीकर्ताको सम्पत्तिमा ३४ अर्ब ३३ करोड रुपैयाँले वृद्धि भएको छ ।