May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

माछापुच्छ्रे बैंकद्धारा सिद्धार्थनगरमा आफ्नै भवनबाट सेवा सुरु

माछापुच्छ्रे बैंकद्धारा सिद्धार्थनगरमा आफ्नै भवनबाट सेवा सुरु

माछापुच्छ्रे बैंकले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. १२ स्थित नवनिर्मित बैंकको कार्यालय भवनबाट सेवा दिन थालेको छ ।

Advertisement

मंगलबार एक औपचारिक कार्यक्रमका बीच सिद्धार्थनगर नगरपालिकाका मेयर ईश्तियाक अहमद खाँ तथा माछापुच्छ्रे बैंकका अध्यक्ष रोशन केसीले उक्त भवनको उदघाटन गरेका हुन् ।

Advertisement

सिद्धार्थनगर नगरपालिकाका मेयर ईश्तियाक अहमद खाँले माछापुच्छ्रे बैंकलाई अझै उचाईमा लग्न शुभकामना दिएका थिए ।

बैंकका अध्यक्ष रोशन केसीले बैंकले हरेक क्षेत्र र वर्गमा बैंकिङ्ग सेवा पुर्याउने लक्ष्यका साथ सेवा प्रदान गरिरहेको र लुम्बनी प्रदेशमा आफ्नै कार्यालय भवनबाट सेवा प्रदान गर्न पाउँदा हर्ष लागेको बताए । बैंकले गुणस्तरिय सेवा प्रदान गर्नको लागि कुनै कुरामा सम्झौैता नगर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरेका थिए ।