May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

सुनको मूल्यमा गिरावट, बिहीबार कतिमा हुदैछ कारोबार ?

सुनको मूल्यमा गिरावट, बिहीबार कतिमा हुदैछ कारोबार ?

आज साताको पाचौँ कारोबार दिन बिहीबार सुनको मूल्यमा गिरावट आएको छ । हिजो स्थिर रहेको सुनको मूल्य आज ६०० रुपैयाँले घटेको हो।

Advertisement

बिहीबार छापावाला सुनको मूल्य १ लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार भने छापावाला सुन १ लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बिहीबार चाँदी प्रतितोला १ हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ७१५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तराष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस सुन २ हजार ३७४ दशमलव ९ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २८ दशमलव ४ डलरमा कारोबार भइरहेको छ ।