May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

नेप्से लगातार घट्दै, कारोबार रकममा पनि गिरावट

नेप्से लगातार घट्दै, कारोबार रकममा पनि गिरावट

आज साताको चौथो तथा अन्तिम कारोबार दिन पनि नेप्से परिसूचक घटेको छ । आज नेप्सेमा दोहोरो अंकको गिरावट आएको हो ।

Advertisement

मङ्गलबार १४.८१ अङ्कले घटेको सेयरबजार आज बिहीबार थप १९.५६ अङ्कले घटेर १९७२.१४ विन्दुमा बन्द भएको छ । हिजो बुधबार सार्वजनीक बिदाका कारण सेयर बजार बन्द रह्यो । अघिल्लो कारोबारको दिन कुल २ अर्ब १० करोड ३० लाख १९ हजार २ सय १८ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर २ अर्ब ९ करोड ३६ लाख १२ हजार ७ सय ९२ रुपैयाँ पुगेको छ । बिहीबार ३१५ वटा ऋणपत्र तथा धितोपत्रको ५३ लाख ४४ हजार ६१३ कित्ता सेयर किनबेच भएको हो । आज बजार घट्दा कारोबार रकममा पनि गिरावट भएको हो ।

Advertisement

आज २७ कम्पनीको सेयर मूल्य बढेको छ भने २११ वटाको घटेको छ। यस्तै, ६ कम्पनीको सेयर मूल्य स्थिर छ।

कारोबार भएकामध्ये गुर्खाज फाइनान्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु १७ करोड ८२ लाख ८५ हजार चार सय ४१ मूल्यमा खरिद बिक्री भएको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्स रु १० करोड ५१ लाख ३७ हजार छ सय ७९, पोखरा फाइनान्स रु सात करोड ३७ लाख ५५ हजार छ सय ४६, शिवम् सिमेन्ट रु पाँच करोड ४५ लाख १९ हजार एक सय २३ र हिमालयन रिइन्स्योरेन्स रु पाँच करोड ३० लाख ४९ हजार पाँच सय ५१ मूल्यमा कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार खानीखोला हाइड्रोपावर सात दशमलव ९४, पोखरा फाइनान्स छ दशमलव २१, एनआइसी एशिया ग्रोथ फण्ड पाँच दशमलव ७१, मध्य भोटेकोशी जलविद्युत् कम्पनी पाँच दशमलव ७० र पिपल्स पावरका लगानीकर्ताले पाँच दशमलव ५९ प्रतिशतले कमाएका छन् ।

रुरु जलविद्युत् परियोजना नौ दशमलव ९९, गुर्खाज फाइनान्स नौ दशमलव ३९, सिभिल बैंकको ऋणपत्र आठ दशमलव ८९, सिवाइसी नेपाल लघुवित्त छ दशमलव १२ र एसबिएल ऋणपत्रका लगानीकर्ताले पाँच दशमलव ८४ प्रतिशतले गुमाएका छन् ।