May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

आईपीओ निष्कासन गर्दै हुलास इन्फ्रा, विशेष साधारण सभा आह्वान

आईपीओ निष्कासन गर्दै हुलास इन्फ्रा, विशेष साधारण सभा आह्वान

हुलास इन्फ्रा लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य अजेण्डासहित विशेष साधारण सभा डाकेको छ । कम्पनीको वैशाख ६ गते बसेक सञ्चालक समितिको बैठकले आगामी वैशाख २२ गतेका लागि विशेष सभाको मिति तय गरेको हो।

Advertisement

 

Advertisement

उक्त सभामा प्रिमियम मूल्यमा आम सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन(आईपीओ) जारी गर्ने र सो सार्वजनिक निष्कासनका लागि छ्ट्टाइएको सेयरमध्येबाट धितोपत्र सम्बन्धी प्रचलित नियम कानूनमा तोकिए तोकिए बमोजिमको प्रतिशतले हुन आउने सेयर सम्बन्धित क्षेत्र तथा समूहलाई सेयर निष्कासन तथा बिक्री गर्ने प्रस्ताव पारित गरिनेछ ।

यस्तै कम्पनीको अधिकृत,जारी तथा चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव समेत पारित हुनेछ ।