शिखर पावरको आईपीओमा आजदेखि आवेदन खुला
शिखर पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणका लागि आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारणका लागि कुल १८ लाख ४२ हजार ६ सय कित्ता साधारण सेयर निष्कासन गरेको हो। निष्कासनमध्ये १ लाख ११ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ४४ हजार ४०० कित्ता कम्पनीका कर्मचारीहरूका लागि…

