Banijya News

अर्थनीति

मच्छिमको तामाखानी उत्खननका लागि अध्ययन सुरु

मच्छिमको तामाखानी उत्खननका लागि अध्ययन सुरु

धवलागिरि गाउँपालिका–७ मच्छिममा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएको छ । खानी तथा भूगर्भ विभागबाट अनुमति पाएको कम्पनी ‘एमएस दोङयी […]

विदेशी मुद्राको सञ्चिति ३० खर्ब नजिक, १६ महिना बढीको आयात धान्ने

विदेशी मुद्राको सञ्चिति ३० खर्ब नजिक, १६ महिना बढीको आयात धान्ने

चालु आर्थिक वर्षको असोज मसान्तसम्म नेपालमा विदेशी मुद्राको सञ्चिति ३० खर्ब नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म नेपालमा २९ खर्ब ७९ अर्ब ८१ करोड रुपैयाँ विदेशी मुद्रा सञ्चिति पुगेको हो । २०८२…


  • बैंकले बैंक वित्तीय संस्थामा अधिक भएको ५० अर्ब तरलता खिच्ने

    बैंकले बैंक वित्तीय संस्थामा अधिक भएको ५० अर्ब तरलता खिच्ने

    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा अधिक भएको ५० अर्ब तरलता खिच्ने भएको छ । अधिक तरलता खिच्नका लागि केन्द्रीय बैंकले आइतबार निक्षेप संकलन उपकरण जारी गरेको हो । ८४ दिने अवधिका लागि यो तरलता खिच्न लागेको हो । पछिल्लो समयमा केन्द्रीय बैंकले छोटो अवधिभन्दा पनि दीर्घकालीन निक्षेप उपकरणको…

  • सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा

    सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा

    सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कात्तिक २८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १०.३५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ५ प्रतिशत बोनस शेयर रहेको छ भने ५.३५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको…

  • नेपाल हाइड्रो डेभलपरको लाभांश घोषणा

    नेपाल हाइड्रो डेभलपरको लाभांश घोषणा

    नेपाल हाइड्रो डेभलपरले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ९.४७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ९ प्रतिशतले हुन आउने ३ करोड ४९ लाख ३७ हजार ६९९.६७ रुपैयाँबराबरको बोनस सेयर र…

  • नेपाललाई एक अर्ब १३ करोड कार्बन अनुदान दिँदै विश्व बैंक

    नेपाललाई एक अर्ब १३ करोड कार्बन अनुदान दिँदै विश्व बैंक

    नेपाललाईविश्व बैंकले एक अर्ब १३ करोड कार्बन अनुदान दिने भएको छ । विश्व बैंकको फरेष्ट कार्बन साझेदारी परियोजना अन्तर्गत उक्त अनुदान पाउन लागेको हो । विश्व बैंकले जनाए अनुसार नेपालले १.८८ मिलियन टन कार्बन डाईअक्साईड घटाएबापत सो अनुदान पाउन लागेको हो । वल्र्ड बैंकको नेपालस्थित कार्यालयका अनुसार नेपालको तराईको क्षेत्रमा…

  • शिवम् सिमेन्टले कमायो २१ करोड रुपैयाँ खुद नाफा

    शिवम् सिमेन्टले कमायो २१ करोड रुपैयाँ खुद नाफा

    शिवम् सिमेन्टले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा करिब २१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा २० करोड ९६ लाख रुपैयाँ छ । कम्पनीको यो खुद नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १६.५ गुणा बढी हो । गत आर्थिक…

  • सर्वोत्तम सिमेन्टको बिक्री आम्दानी ३५ प्रतिशतले वृद्धी

    सर्वोत्तम सिमेन्टको बिक्री आम्दानी ३५ प्रतिशतले वृद्धी

    सर्वोत्तम सिमेन्टको बिक्री आम्दानी ३५ प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार यस अवधिमा १ अर्ब ९७ करोड रुपैयाँ बिक्री आम्दानी गरेको छ । यस्तो आम्दानी गत आवको यसै अवधिमा १ अर्ब ४५ करोड रुपैयाँ थियो । बिक्री आम्दानीमा आएको उच्च वृद्धिले कम्पनीको…

  • एक करोड ५३ लाख घाटामा सागर डिस्टिलरी

    एक करोड ५३ लाख घाटामा सागर डिस्टिलरी

    सागर डिस्टिलरीले चालु आवको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले समीक्षा अवधमिा १ करोड ५३ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म पनि कम्पनी १ करोड ७५ लाख रुपैयाँ घाटामा थियो । बिक्री आम्दानी बढेसँगै कम्पनीको घाटामा कमी आएको हो । कम्पनीले…

  • मंसिरका लागि ११ वाणिज्य बैंकले घटाए ब्याजदर, कसको कति ?

    मंसिरका लागि ११ वाणिज्य बैंकले घटाए ब्याजदर, कसको कति ?

    वाणिज्य बैंकहरूले मंसिरमा पनि ब्याजदर घटाएका छन् । मंसिर १ गतेदेखि लागू हुने गरी अधिकांश बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् । मंसिर महिनाका लागि बैंकहरूको ब्याजदर मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.१७ प्रतिशत घटेर औसत ५.०३ प्रतिशतमा झरेको छ । जबकि असोजमा औसत ब्याजदर व्यक्तिगततर्फ ५.२० प्रतिशत थियो । यस्तै,…

  • २५ पालिकाले अझै ल्याउन सकेनन् बजेट

    २५ पालिकाले अझै ल्याउन सकेनन् बजेट

    चालू आर्थिक वर्षको चार महिना बित्दा पनि २५ वटा पालिकाले अझै बजेट ल्याउन सकेका छैनन् । मधेश प्रदेशका २४ र लुम्बिनी प्रदेशको एक गरी २५ वटा पालिकाले अहिलेसम्म बजेट प्रस्तुत गर्न नसकेका हुन् । देशभरका सात सय ५३ मध्ये सात सय २९ वटा पालिकाले बजेट ल्याइसकेका छन् । चालू आर्थिक…

  • दोस्रो एनपिएलबाट ३५ करोड उठाउने लक्ष्य, टिकटबाट मात्रै १२ करोड

    दोस्रो एनपिएलबाट ३५ करोड उठाउने लक्ष्य, टिकटबाट मात्रै १२ करोड

    दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)मा नेपाल क्रिकेट संघ (क्यान)ले ३५ करोडभन्दा बढी रकम उठाउन योजना बनाएको छ । पत्रकार सम्मेलन गर्दै क्यानका सचिव पारस खड्काले ३५ करोडभन्दा बढी रकम अनुमान गरेको बताएका छन् । क्यानले १५ करोड ३० लाख प्रयोजकबाट , नौ करोड सहभागी टिमहरूबाट र ओटिटीबाट पाँच करोड ३० लाख हुने…

Scroll to Top