क्षतिग्रस्त उद्योग व्यवसायलाई सरकारी राहत
प्रदर्शनका बेला गरिएको तोडफोड र आगजनीमा परेका उद्योग, व्यवसाय, व्यावसायिक प्रतिष्ठान पुनर्निर्माणमा सरकारले राहत घोषणा गरेको छ । पुनर्निर्माणका क्रममा सामग्री आयात गर्दा भन्सार तथा अन्तःशुल्क ५० प्रतिशत छुट दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । ‘उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिमा भएको आगजनी वा तोडफोडबाट भवन, फर्निचर, यन्त्र तथा उपकरणमा भएको…

