बल्खुमा डोजर चलिरहँदा सुकुमबासी बस्तीका एक जना मृत अवस्थामा भेटिए
बल्खुस्थित सुकुमबासी बस्तीका एकजना मृत अवस्थामा फेला परेका छन् । सरकारले शुक्रबार डोजर लगाएर बस्ती खाली गरिरहँदा त्यहीँ बस्दै आएका एकजना मृत अवस्थामा फेला परेका हुन् । बस्ती नजिकै खोलामा ६१ वर्षीय इन्द्रबहादुर राई मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । मृतकको परिवार सुकुमबासी बस्तीमा बस्ने…

