Banijya News

बाणिज्य

५० रुपैयाँले बढ्यो अन्डाको भाउ

५० रुपैयाँले बढ्यो अन्डाको भाउ

नेपाल लेयर्स कुखुरापालक संघले आज सोमबारदेखि लागु हुने गरी अन्डाको भाउ बढाएको छ । उत्पादन घटेको र खपत बढेको भन्दै […]

जेनजी आन्दोलनमा भएको लुटपाट र तोडफोडबारे छानबिन गर्न महासंघको आग्रह

जेनजी आन्दोलनमा भएको लुटपाट र तोडफोडबारे छानबिन गर्न महासंघको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघले जेनजी आन्दोलनका क्रममा उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनी घटनामा संलग्न व्यक्तिहरूमाथि छानबिन गरी कानूनी कारबाही गर्न सरकारसँग माग गरेको छ । महासंघले सोमबार जारी गरेको वक्तव्यमार्फत आन्दोलनको समयमा घुसपैठमार्फत भएको ती घटनाहरूले निजी क्षेत्रको मनोबल कमजोर पार्नुका साथै आर्थिक गतिविधिमै नकारात्मक…


  • २५ उद्योगको लाइन काट्दा दुई सय मेगावाट विद्युत् बचत

    २५ उद्योगको लाइन काट्दा दुई सय मेगावाट विद्युत् बचत

    ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता नतिर्ने २५ उद्योगको लाइन काट्दा करिब २०० मेगावाट विद्युत् बचत भएको छ । प्राधिकरणले पछिल्लो पटक २५ भन्दा बढी उद्योगहरूको विद्युत् लाइन काटेपछि उनीहरूको कुल खपत बराबरको बिजुली ग्रिडमा थपिएको छ। विद्युत् उत्पादनमा कमी नभएको र भारतमा समेत निर्यात गरिरहेको अवस्थामा ठुला उद्योगमा खपत हुने…

  • कोरला नाकाबाट भित्रिए सवा ६ अर्ब रुपैयाँका २६ सय विद्युतीय गाडी

    कोरला नाकाबाट भित्रिए सवा ६ अर्ब रुपैयाँका २६ सय विद्युतीय गाडी

    उत्तरी नाका बन्द भए पनि दशैं–तिहारको लागि गत वर्षको तुलनामा यस वर्ष विद्युतीय गाडी बढी भित्रिएका छन्। रसुवागढी र तातोपानी नाका अवरोध हुँदा पनि व्यवसायीले कोरला नाकाबाट गाडी भित्र्याएका हुन्। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ३ महिनामा २९ अर्ब ३३ करोड रुपयाँको सवारी साधन तथा तिनका पार्टस् आयात भएका…

  • अन्नपूर्ण र मुस्ताङमा पर्यटकको लर्को

    अन्नपूर्ण र मुस्ताङमा पर्यटकको लर्को

    अन्नपूर्ण आधार शिविरमा गत असोजको अन्तिम सातादेखि सुरु भएको पर्यटकको लर्को कात्तिक दोस्रो हप्ताको सुरुआतसम्म पनि रोकिएको छैन । यी दुई ठाउँमा यस वर्ष यति धेरै पर्यटक आउलान् भनेर कसैले कल्पना गरेका थिएन । पछिल्ला दिन मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतका होटेल भरिभराउ भएका छन् । होटेल सञ्चालकलाई आवास व्यवस्थापन…

  • श्रीनगर एग्रीटेकको आईपीओ बुधबार बाँडफाँड हुने

    श्रीनगर एग्रीटेकको आईपीओ बुधबार बाँडफाँड हुने

    श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडले असोज २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणहरुका लागि निष्कासन गरेको आईपीओ बुधबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङले बुधबार बिहान आईपीओ बाँडफाँड गर्ने तयारी गरेको हो । अन्तिम दिनसम्म ८.६४ गुणा बढी अर्थात् १९ लाख ४२ हजार ६८२ जनाले आवेदन दिएको यस आईपीओमा…

  • खाद्य कम्पनीले किसानको धान मंगलबारदेखि खरिद गर्ने

    खाद्य कम्पनीले किसानको धान मंगलबारदेखि खरिद गर्ने

    खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मंगलबार देखि किसानको धान खरिद गर्ने भएको छ । कम्पनीले हरेक वर्ष सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्दै आएको छ । यो कार्यक्रमलाई निरन्तरता दिँदै कात्तिक ११ देखि धान खरिद गर्ने निर्णय गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले जानकारी दिए ।…

  • दुई हजार रुपैँयाले घट्यो सूनको मूल्य

    दुई हजार रुपैँयाले घट्यो सूनको मूल्य

    नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ हजार रुपैयाँले घटेर २ लाख ३९ हजार ९ सय रुपैयाँ पुगेको हो । हिजोआइतबार प्रतितोला ११ हजार ६ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो…

  • चुनाव र पुनर्निर्माणका लागि रोकियो एक खर्ब बजेट, कुन मन्त्रालयको कति रोक्का ?

    चुनाव र पुनर्निर्माणका लागि रोकियो एक खर्ब बजेट, कुन मन्त्रालयको कति रोक्का ?

    २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन र जेन–जी आन्दोलनका क्रममा ध्वंस पारिएका संरचना पुनर्निर्माणका लागि सरकारले पुँजीगत र चालू गरी एक खर्ब १९ अर्बबराबरको बजेटमा पुनरावलोकन गरेको छ । नौ मन्त्रालयका एक खर्ब १४ अर्बका ५३ पुँजीगत कार्यक्रम स्थगन गरेको अर्थ मन्त्रालयले चालू बजेटतर्फ पाँच अर्ब ४३ करोड रोकेको हो । जसमा…

  • मुलुकको व्यापार घाटा चार खर्ब बराबरको

    मुलुकको व्यापार घाटा चार खर्ब बराबरको

    चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो तीन महिनामा चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो तीन महिनामा मुलुकले करिब रू चार खर्ब बराबरको व्यापार घाटा बेहोरेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको असोज मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार यो अवधिमा रू चार खर्ब ६८ अर्ब आठ करोड ३३ लाखको आयात र…

  • सुन आयातमा बाहिरियो १० अर्ब २५ करोड रुपैयाँ

    सुन आयातमा बाहिरियो १० अर्ब २५ करोड रुपैयाँ

    चालू आर्थिक वर्षको ३ महिनाको अवधिमा नेपालमा ६०१ किलोग्राम सुन आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार यस अवधिमा सुन आयातमा नेपालबाट १० अर्ब २५ करोड रुपैयाँभन्दा धेरै बाहिरिएको छ । यो गत वर्षको यही अवधिको तुलनामा उल्लेख्यमात्रामा बढी हो । गत वर्षको यही अवधिमा १०० किलोग्राम मात्रै सुन आयात…

  • मुलुकले व्यहोर्‍यो चार खर्ब व्यापार घाटा, कुन देशसँग कति ?

    मुलुकले व्यहोर्‍यो चार खर्ब व्यापार घाटा, कुन देशसँग कति ?

    चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा मुलुकले चार खर्ब रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्यांकअनुसार यो अवधिमा चार खर्ब ६८ अर्ब आठ करोड ३३ लाख रुपैयाँको आयात र गर्दा ७२ अर्ब ७८ करोड २८ लाख रुपैयाँ बराबरको निर्यात भएको हो…

Scroll to Top