भारतीय बैंकबाट नेपाली व्यवसायीले प्रत्यक्ष रूपमा कर्जा लिन पाउने
अब नेपाली व्यवसायीले भारतीय बैंकबाट प्रत्यक्ष रूपमा कर्जा लिन सक्ने भएका छन्। भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले नेपाल, भुटान र श्रीलंकाका नागरिकलाई भारतीय रुपैयाँ (भारु) मा ऋण उपलब्ध गराउने व्यवस्था गरेको हो। आरबीआईका गभर्नर सञ्जय मल्होत्राको नेतृत्वमा बसेको मौद्रिक नीति समितिले गत बुधबार बसेको बैठकबाट उक्त निर्णय…

