एकद्वार प्रणालीमार्फत राहत केन्द्रित गर्न अनुरोध
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्जन्य घटनामा प्रभावित नागरिकका लागि एकद्वार प्रणालीबाट राहत वितरण गर्न अनुरोध गरेको छ । हिजो सिंहदरबारमा बसेको ‘क्लस्टर र को–लिड्स’ मा रहेका विभिन्न निकायसँगको समन्वय बैठकमा प्राधिकरणले यस्तो अनुरोध गरेको हो । प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले अन्तरनिकाय समन्वय गरी विपद्बाट बढी प्रभावित…

