Banijya News

समाचार

विभिन्न कारागारबाट भागेका १२ कैदीबन्दी गोरखाबाट पक्राउ

विभिन्न कारागारबाट भागेका १२ कैदीबन्दी गोरखाबाट पक्राउ

गोरखा । जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट भागेका १२ जना कैदीबन्दी गोरखाबाट पक्राउ परेका छन् । कास्की कारगारका सात, […]

नेपाल एयरलाइन्सले सुरू गर्‍याे काठमाडौँदेखि ग्वाञ्जाओ उडान

नेपाल एयरलाइन्सले सुरू गर्‍याे काठमाडौँदेखि ग्वाञ्जाओ उडान

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले चीनको ग्वाञ्जाओमा सिधा उडान सुरु गरेको छ। निगमले शनिबारदेखि काठमाडौँ–ग्वाञ्जाओ-काठमाडौँ नियमित उडान सञ्चालन गरेको हो निगमले चीनको ग्वाञ्जाओमा असोज ९ गतेदेखि उडान सञ्चालन गर्ने योजना बनाएको भएपनि केही प्राविधिक कमजोरीका कारण निगमको उद्घाटन उडान शनिबार दिउँसो मात्र भयो। ग्वाञ्जाओको उद्घाटन उडानमा सहभागी…


  • साना उद्योगको प्रवर्द्धनका लागि सरकार प्रतिबद्ध छ : मन्त्री सिन्हा

    साना उद्योगको प्रवर्द्धनका लागि सरकार प्रतिबद्ध छ : मन्त्री सिन्हा

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले मुलुकको आर्थिक विकासका लागि लघु, घरेलु तथा साना उद्योगको भूमिका उच्च भएकाले सो क्षेत्रको प्रवर्द्धन र विकासका लागि सरकार प्रतिबद्ध भएर लाग्ने बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघका प्रतिनिधिमण्डलसँगको भेटघाट र छलफलका क्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको समेत…

  • जेनजी युवाकाे आन्दोलनपछि पहिलोपटक एमाले सचिवालय बैठक बस्दै

    जेनजी युवाकाे आन्दोलनपछि पहिलोपटक एमाले सचिवालय बैठक बस्दै

    नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । आइतबार दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएको पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।उनका अनुसार बैठक भक्तपुरको गुण्डुस्थित ओली निवासमा बस्नेछ । बैठकमा हालैको जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम र त्यसले पार्टीभित्र…

  • धवलागिरि हिमाल आरोहण गर्न ‘रुट’ तयार

    धवलागिरि हिमाल आरोहण गर्न ‘रुट’ तयार

    विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो धवलागिरि हिमालको चुचुरोमा पुग्ने ‘रुट’ तयार गरिएको छ । धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ को भूगोलमा पर्छ । चालु शरदयाममा आरोहण टोली लिएर हिमालमा पुगेका चार जना शेर्पाहरूले ‘रुट’ बनाएर चुचुरोमा पुगेका हुन् । आरोहण कम्पनी सेभेन समिट ट्रेक्सका संस्थापक मिङ्मा शेर्पाले आधार…

  • मुस्ताङ भन्सारबाट एक अर्ब ३७ करोडभन्दा बढी राजस्व सङ्कलन

    मुस्ताङ भन्सारबाट एक अर्ब ३७ करोडभन्दा बढी राजस्व सङ्कलन

    यहाँको लोमान्थाङ–२ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले हालसम्म रु एक अर्ब ३७ करोड ७० लाख ४५ हजार राजस्व सङ्कलन गरेको छ । गत भदौमा रसुवागढी र तातोपानी नाका बाढी पहिरोका कारण नाका अवरुद्ध हुँदा भन्सार विभागले यहाँको कोरलानाकालाई वैकल्पिक व्यापारिक मार्गका रूपमा प्रयोगमा ल्याएको थियो । यो नाका भदौ ३०…

  • डेडिकेटेड फिडर तथा ट्रंक लाईन बक्यौता २१ दिनभित्र भुक्तान नगरे कारबाही

    डेडिकेटेड फिडर तथा ट्रंक लाईन बक्यौता २१ दिनभित्र भुक्तान नगरे कारबाही

    नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइनमार्फत विद्युत् सेवा उपभोग गरिरहेका ग्राहकहरूलाई २१ दिनभित्र सम्पूर्ण बक्यौता रकम भुक्तानी गर्न अल्टिमेटम दिएको छ। आज (२०८२-०६-२६) एक सूचना जारी गर्दै प्राधिकरणले यसअघिका सम्पूर्ण पुनरावलोकन सम्बन्धी कामकारबाही खारेज भएको जनाएको छ। प्राधिकरण सञ्चालक समितिको २०८२-०६-१० को निर्णयअनुसार, ग्राहकहरूले आगामी २०८२-०७-१७ गतेभित्र बक्यौता…

  • नवरात्रको छैटौँ दिन देवी कात्यायनीको पूजा आराधना गरिँदै

    नवरात्रको छैटौँ दिन देवी कात्यायनीको पूजा आराधना गरिँदै

    बडादसैँ अन्तर्गत नवरात्रको छैटौँ दिनमा आज देवी कात्यायनीको पूजा आराधना गरिँदै छ। अष्टमातृका भगवतीको छैटौँ शक्तिका रूपमा पूजा गरिने कात्यायनी देवीलाई धर्म, न्याय र नारी सशक्तीकरणको प्रतीक मानिन्छ। पौराणिक मान्यता अनुसार, महर्षि कात्यायनको तपस्याबाट प्रसन्न भएर भगवती उनकै पुत्रीका रूपमा जन्मिएकी थिइन्, जसकारण उनी कात्यायनी नामले परिचित भइन्। पुराणमा उल्लेख…

  • माछापुच्छ्रे मुस्कुराइरहँदा हेरिदिने पर्यटक सुन्य

    माछापुच्छ्रे मुस्कुराइरहँदा हेरिदिने पर्यटक सुन्य

    मनमोहक माछापुच्छ्रे मुस्कुराइरहेको छ तर पर्यटकीय सहर सुनसान छ । तालतलैया, हिमशृङ्खला र प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखरा यो याममा पर्यटकले भरिभराउ हुने समय हो तर पोखरा पर्यटकको प्रतीक्षामा छ । होटल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले यो याममा ७० देखि ८० प्रतिशतसम्म हुने अकुपेन्सी अहिले घटेर १५ देखि २० प्रतिशतमा सीमित…

  • आन्दोलनले ९० प्रतिशत बुकिङ रद्द, ५० प्रतिशतले घटे दर्शनार्थी

    आन्दोलनले ९० प्रतिशत बुकिङ रद्द, ५० प्रतिशतले घटे दर्शनार्थी

    आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा देशमा दसैँको चहलपहल सुरु भइसकेको छ । पर्यटकीय गन्तव्यमा दसैँ र तिहारजस्ता पर्वमा विशेष गरी आन्तरिक पर्यटनको चहलपहल बढी हुन्छ । पर्यटक आगमनका दृष्टिले यो मुख्य याम पनि हो । पर्यटनको ‘सिजन’ सुरु हुने समयमा भएको जेनजी आन्दोलनले यस क्षेत्रले अपूरणीय…

  • अलपत्र पारिएका २३४ वटा रुग्ण ठेक्का तोडिने, कर्मचारीमाथि छानबिन

    अलपत्र पारिएका २३४ वटा रुग्ण ठेक्का तोडिने, कर्मचारीमाथि छानबिन

    सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरिएका तर काम नगरेर वर्षाैँदेखि अलपत्र पारिएका २३४ वटा रुग्ण ठेक्का तोडिने भएको छ । सडक विभाग अन्तर्गत सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय मातहतका सडक डिभिजन कार्यालयहरू, हुलाकी राजमार्ग र मध्य पहाडी लोकमार्गका रुग्ण अवस्थामा रहेका ठेक्का तोड्न लागिएको हो । ऊर्जा,…

  • दशैंमा लगातार झरी पर्ने, यात्रामा सावधानी अपनाउन आग्रह

    दशैंमा लगातार झरी पर्ने, यात्रामा सावधानी अपनाउन आग्रह

    नेपालीको महान पर्व दशैंको उल्लास सुरु भएसँगै यस वर्ष मौसमले साथ नदिने देखिएको छ। जल तथा मौसम विज्ञान विभागले दशैंको फूलपातीदेखि नै देशका अधिकांश स्थानमा लगातार पानी पर्ने पूर्वानुमान गरेको छ, जसले दशैंलाई "हिले दशैं" बनाउने सम्भावना बढेको छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले नागरिकलाई बताएअनुसार, हाल मनसुन कमजोर…

Scroll to Top