काठमाडौंको थलीमा लेमिनार टायल्सको नयाँ डिलर शोरूम उद्घाटन
नेपालकै पहिलो र एकमात्र पूर्ण भिट्रिफाइड टायल्स उत्पादक कम्पनी लेमिनार टायल्सले काठमाडौंको थलीमा आफ्नो नयाँ विशेष डिलर शोरूम सञ्चालनमा ल्याएको छ । थलीस्थित सुपर सप्लायर्स प्रा.लि.लाई आधिकारिक डिलरका रूपमा नियुक्त गर्दै कम्पनीले शुक्रबार एक औपचारिक समारोहबीच ‘एम्पोरियो’ श्रेणीअन्तर्गतको शोरूम उद्घाटन गरेको हो । उद्घाटन समारोहमा खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार…

