सडक विस्तार गर्दा सुरक्षाको विषय अनिवार्य समेटिन्छ: मन्त्री दाहाल
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दहालले सडक निर्माण र विस्तारसँगै सडक सुरक्षा चुनौती बनिरहेको बताएका छन्। आइतबार ललितपुरमा नेपाल अटोमोबाइल एसोसिएसन नेपाल ( नासा)ले आयोजना गरेको अटोमोबाइल तथा मोबिलिटी पोलिसी सम्बन्धि कार्यक्रममा उनले सडक सञ्जाल बिस्तारको क्रममा सडक सुरक्षाको विषयलाई अनिवार्य समेटिने गरेको दाबी गरे। नेपालको भौगोलिक तथा धरातलिय…

