पछिल्लो ११ महिनामा थपियो सवा २ खर्बभन्दा बढी सार्वजनिक ऋण
चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि जेठ मसान्तसम्मको ११ महिनाको अवधिमा सरकारले २ खर्ब २० अर्ब ५८ करोड रुपैयाँ बराबरको सार्वजनिक ऋण थपेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको मासिक प्रतिवेदनअनुसार, यो अवधिमा आन्तरिक र वैदेशिक दुबै स्रोतबाट ऋण संकलन गरिएको हो। योसँगै कुल तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ५४…

