तीन सातापछि खुल्यो भारततर्फ चिया निर्यातको बाटो
नेपालबाट भारततर्फ हुने चिया निर्यातमा भएको अवरोध अन्ततः खुलेको छ । विगत तीन सातादेखि नेपालबाट भारततर्फ चिया निकासी ठप्प भएको थियो । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको ‘टी बोर्ड अफ इन्डिया’ ले चियामा लागू गरिएको अनिवार्य नमूना परीक्षण (कम्पल्सरी स्याम्पलिङ) सम्बन्धी प्रावधान फिर्ता लिएपछि नेपाली चिया निर्यात पुनः सहज बनेको…

