२०औँ वार्षिकोत्सवमा सिटी एक्सप्रेस मनी ट्रान्सफरद्धारा रक्तदान कार्यक्रम
सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। कम्पनीले असार २७ गतेदेखि २०औँ वर्षमा प्रवेश गरेको अवसर पारेर केन्द्रीय कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो। “रक्तदान जीवनदान–हामी सबैको योगदान” भन्ने नारासहित संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम सञ्चालन गरिएको कम्पनीले जनाएको छ। काठमाडौंको कमलादीस्थित कम्पनीको मुख्य…

