असारे खर्च बढ्दा २४ दिनमै साढे ३० अर्ब पुँजीगत भुक्तानी
चालु आर्थिक वर्ष सकिन लाग्दा पुँजीगत खर्च ह्वात्तै बढेको छ । विगतका ११ महिनामा सन्तुलित र व्यवस्थित रूपमा सरकारी खर्च गर्न नसक्दा अहिले अन्तिम महिनामा विगतकै जस्तो असारे खर्चको प्रवृत्ति देखिएको छ । विगतदेखिकै यो प्रवृत्तिलाई नयाँ शक्तिका रूपमा उदाएको रास्वपाको सरकारले समेत तोड्न नसकेको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको…

