घरको चुलो बल्न छाडेपछि भारत फर्कनेको लर्को
सुर्खेत भेरीगंगा नगरपालिका–९, जरेका २५ वर्षीय आयुश तिरुवा बाँकेको नेपालगन्जस्थित जमुनाहा नाकामा बिहीबार अपराह्न पसिनाले निथ्रुक भिजेर उभिएका थिए । पिठ्युँमा झोला बोकेका उनी नाका पार गर्न आतुर थिए । कोरोना महामारीका कारण दुई महिनाअघि उनी घर फर्किए पनि बेरोजगार भएपछि चुलो बल्न छाड्यो । त्यसैले फेरि भारत जान लागेको…

