घर घरमा रोपियो तुलसी
काठमाडौं- प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना बुधबारदेखि सुरु भएको छ। एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा बुधबार मोठमा रोपिएको हो। सनातन वैदिक परम्परानुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ। आज (बुधबार)देखि कार्तिक शुक्ल एकादशीका दिनसम्म…

