सार्वजनिक खरिद ऐनमा डिजिटल प्रणालीदेखि रिभर्स अक्सनसम्म, के हुँदैछ परिवर्तन ?
सरकारले सार्वजनिक खरिद ऐन २०६३ मा व्यापक संशोधन गर्ने तयारी गरेको छ। बदलिँदो समयअनुसार खरिद प्रणालीलाई आधुनिक, पारदर्शी र परिणाममुखी बनाउने उद्देश्यसहित अध्यादेशमार्फत ऐन संशोधन गर्न लागिएको हो। यसका लागि रामचन्द्र पौडेलसमक्ष सिफारिस गरिएका अध्यादेशमध्ये सार्वजनिक खरिद ऐन संशोधनसम्बन्धी अध्यादेश पनि समावेश गरिएको छ। सरकारका अनुसार विद्यमान ऐनमा मल, औषधि…

