ओली र दाहालबीचको संवादहीनताले कर्णालीको राजनीतिक बिवाद फुकेन
विवाद समाधान गर्न कर्णाली प्रदेशबाट काठमाडौं बोलाइएका नेताहरू नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको संवादहीनताले अलमल्ल परेका छन् । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध संसदीय दलभित्रै अविश्वासको प्रस्ताव आएपछि कस्सिएको विवादको गाँठो फुकाउन ओली र दाहालले दुवै पक्षलाई काठमाडौं झिकाएका थिए । बुधबार र बिहीबार आइपुगेका उनीहरूले कर्णालीको विवादका…

