रवि विरुद्ध मुद्दा रहेका अदालतहरूमा मात्रै आगजनी भएको हो ?
जेन-जी पुस्ताले आव्हान गरेको आन्दोलन हिंसात्मक बन्दै जाँदा सर्वोच्च अदालतसहित विशेष, उच्च र जिल्ला अदालतहरूमा आगजनी भएको छ । सर्वोच्च अदालतले विक्रम संवत् २००८ सालदेखि संकलन भइरहेका मुद्दाका मिसिल तथा कागजातहरू समेत जलेर नष्ट भएको पुष्टि गरेको छ । विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्धका मुद्दा रहेका अदालतहरू…

