Banijya News

राजनीति

भदौ १४ गते चीन जाँदै प्रधानमन्त्री ओली

भदौ १४ गते चीन जाँदै प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली भदौ १४ गते चीन जाने भएका छन्। भदौ १८ सम्म चार दिने चीन भ्रमणमा जान लागेका […]

रविको कारागार स्थानान्तरणको विषय प्रक्रियामा छ: गृहमन्त्री लेखक

रविको कारागार स्थानान्तरणको विषय प्रक्रियामा छ: गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको कारागार स्थानान्तरणको विषय अघि बढेको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा गृहमन्त्री लेखकले कारागार स्थानान्तरण सरकारले गर्ने बताउँदै सुरक्षालगायत सबै विषय सुनिश्चित गरेर निर्णय गर्नुपर्नेमा जोड दिए । “अड्डासारका लागि अदालतबाट आदेश होइन सहमति/अनुमति लिनुपर्ने हुन्छ ।…


  • नाउपाको अध्यक्ष रञ्जिता नै रहने

    नाउपाको अध्यक्ष रञ्जिता नै रहने

    निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षमा रञ्जिता श्रेष्ठ कायम रहने निर्णय गरेको छ । आयोगले श्रेष्ठलाई नै अध्यक्षको मान्यता दिएको हो । “नागरिक उन्मुक्तिको विधानमा बैठक, भेला बोलाउने अधिकार अध्यक्षलाई नै दिएको छ । अन्य व्यक्तिले बोलाएको भेला, बैठकका निर्णयलाई मान्यता दिन मिलेन,” कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले…

  • बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत

    बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत

    बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको प्राप्त गरेका छन् । आफ्नै पाटीभित्रको वादविवादका बीच मुख्यमन्त्री बानियाँले विश्वासको मत पाएका हुन् । आफ्नै पार्टीका मुख्यमन्त्री बहादुर सिंह लामालाई संसदीय दलमा अविश्वासको प्रस्ताव पारित गराएर बानियाँ मुख्यमन्त्री भएका थिए । लामालाई हटाएर बानियाँ मुख्यमन्त्री भएपछि लामा समूह असन्तुष्ट बनेको थियो । मुख्यमन्त्रीबाट हट्दै गरेको बेला लामाले…

  • प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने

    प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको आजको बैठकमा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले पछिल्लो विदेश भ्रमण, सरकारका उपलब्धि र समसामयिक विषयमा सम्बोधन गर्ने प्रधानमन्त्री ओलीका सञ्चारविज्ञ रामशरण बजगाईँले जानकारी दिए । तुर्कमेनिस्तानको अवाजा सहरमा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी भई प्रधानमन्त्री ओली यही साउन…

  • समिति सभापतिबाट खतिवडाले दिए राजीनामा

    समिति सभापतिबाट खतिवडाले दिए राजीनामा

    राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएका छन् । मंगलबार संसद् बैठकलाई सम्बोधन गर्दै खतिवडाले राजीनामा दिएका हुन् । सङ्घीय निजामती विधेयकमा राखिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको चलखेलमा खतिवडालाई नैतिक जिम्मेवार ठहर गरिएको थियो । तर, समितिको प्रतिवेदनमा आफूलाई राजीनामा दिन सिफारिस नगरेको तथा…

  • समिति सभापतिबाट राजीनामा दिँदै रामहरि खतिवडा

    समिति सभापतिबाट राजीनामा दिँदै रामहरि खतिवडा

    राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिने तयारी गरेका छन् । उनले प्रतिनिधिसभाको बैठकमा रोष्ट्रमबाट बोल्दै पदबाट राजीनामाको घोषणा गर्न लागेका हुन् । निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको त्रुटिका कारण उनीमाथि प्रश्न उठेको थियो ।

  • रवि बस्ने कोठामा खुला ट्वाइलेट छ, स्वास्थ्यका दृष्टिकोणले उपयुक्त छैन : आयोग

    रवि बस्ने कोठामा खुला ट्वाइलेट छ, स्वास्थ्यका दृष्टिकोणले उपयुक्त छैन : आयोग

    राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने राखिएको रूपन्देही कारागारको अवस्था दयनीय रहेको निष्कर्ष निकालेको छ । आज एक विज्ञप्तिमार्फत आयोगले लिली थापासहित आयोगको टोलीले सोमबार गरेको रूपन्देही कारागारको अनुगमनबारे जानकारी दिएको हो । आयोगले कारागारमा लामिछानेलाई राखिएको कोठाको झ्याल प्लाइले बन्द गर्दा कोठामा हावा पास…

  • हाम्रो लक्ष्य सुशासन र विकास केन्द्रित हुनुपर्छः प्रधानमन्त्री

    हाम्रो लक्ष्य सुशासन र विकास केन्द्रित हुनुपर्छः प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा परिपूर्तिका लागि सुशासनको महाअभियान सञ्चालन गर्नुपर्ने बताएका छन्। राष्ट्रिय सतर्कता केन्द्रको २४औँ स्थापना दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधानको निर्देशक सिद्धान्तलाई ध्यानमा राखेर भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती नगरी जनतालाई सहज सेवा प्रवाहमा कुनै कमजोरी हुन नहुने बताए।…

  • रविको मानव अधिकार संरक्षण गरिएन: मानव अधिकार आयोग

    रविको मानव अधिकार संरक्षण गरिएन: मानव अधिकार आयोग

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई राखिएको रूपन्देही कारागारमा मानव अधिकार आयोगको टोलीले अनुगमन गरेको छ । आयोगकी सदस्य लिली थापाको नेतृत्वमा गएको टोलीले आज गरेको अनुगमनमा रविलाई 'न्यूनतम सुविधा नदिएको' पाइएको हो । अनुगमनबाट निस्किएपछि सदस्य थापाले रूपन्देही कारागारको २५० जनाको क्षमता रहेकोमा ७०० कैदी राखिँदा कैदीहरूको मानव…

  • रवि लामिछानेको निवेदन न्यायाधीश सापकोटाको इजलासमा

    रवि लामिछानेको निवेदन न्यायाधीश सापकोटाको इजलासमा

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले रिहाइको माग गर्दै दिएको निवेदन पेसीमा तोकिएको छ । रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासमा लामिछानेको पेसी चढेको हो । बुटवलको सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले १९ साउनमा आफूलाई जमानत लिएर रिहा गर्न माग गर्दै रुपन्देही जिल्ला अदालतमा निवेदन…

  • जनैपूर्णिमा सत्य, शुद्धता र स्वअनुशासनको प्रतीक हो : प्रधानमन्त्री ओली

    जनैपूर्णिमा सत्य, शुद्धता र स्वअनुशासनको प्रतीक हो : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले जनैपूर्णिमा, ऋषि तर्पणी र रक्षा बन्धनको शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत सबैलाई जनैपूर्णिमा, ऋषि तर्पणी र रक्षाबन्धनको शुभकामना व्यक्त गरेका हुन् । “आज श्रावण शुक्ल पूर्णिमा, यस दिन हामी तीनवटा सांस्कृतिक पर्व जनैपूर्णिमा, ऋषि तर्पणी र रक्षाबन्धन मनाउँछौँ । वर्षे बाली…

Scroll to Top