Banijya News

राजनीति

दोलखामा ८३ जनाले फिर्ता लिए उम्मेदवारी

आसन्न वैशाख ३० गतको स्थानीय तह निर्वाचनमा दोलखामा ८३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । दुई नगरपालिका र सात गाउँपालिकामा […]

महिलाहरुको उजुरी हेर्ने छुट्टै सरकारी निकाय नभएकोमा डा. आरजुको असन्तुष्टि

नेपाली कांग्रेसकी नेत्री डा. आरजु देउवाले महिलाहरुको उजुरी हेर्ने छुट्टै सरकारी निकाय जिल्ला-जिल्लामा नभएकोमा असन्तुष्टि व्यक्त गरेकी छन्। ललितपुरमा आज ‘घरेलु हिंसा कानुन कार्यान्वयनको अवस्था’ शिर्षकमा छलफल कार्यक्रममा सत्तारुढ कांग्रेसकी नेत्री देउवाले घरघरमा गएर महिला, बालिबालिका र ज्येष्ठ नागरिकहरुलाई सहज सेवा दिनका लागि हरेक स्थानीय तहमा सेवा केन्द्रहरुको स्थापना गर्ने कुरालाई…


  • Default Image

    पूर्वराज्यमन्त्री डिम्पलको निधन

    पूर्वराज्यमन्त्री एवं लोकतन्त्रिक समाजवादी पार्टी प्रदेशसभा सदस्य डिम्पलकुमारी झाको निधन भएको छ । झाको उपचारका क्रममा आज बिहान काठमाडौंमा निधन भएको लोसपाका नेता सुरेन्द्रकुमार झाले जानकारी दिएका छन् । लोसपाका नेता एवं पूर्वमन्त्री अनिल कुमार झाकी पत्नी उनी दुई वर्षदेखि क्यान्सरबाट पीडित थिइन् ।   ’लोकतान्त्रिक समाजवादी पार्टी नेपालको मधेश प्रदेशका…

  • Default Image

    एमालेले मनाङमा उम्मेदवार टुंग्यायो

    एमाले मनाङले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष पदका लागि उम्मेदवार टुंग्याएको छ । त्यसैगरी, ङिस्याङ गाउँपालिका अध्यक्षमा कान्छा घले र उपाध्यक्षमा छिरिङ धावा गुरुङलाई उठाउने भएको छ । चामे गाउँपालिका अध्यक्षमा लोकेन्द्र घले र उपाध्यक्षमा आशकुमारी गुरुङको नाम टुंगो लगाएको हो । नासों गाउँपालिका…

  • Default Image

    पूर्वराजदूत लक्की शेर्पा फेरी एमाले प्रवेश

    पूर्वराजदूत लक्की शेर्पाले एमालेमा प्रवेश गरेकी छन् । आज ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा शेर्पालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा ओढाएर पार्टी प्रवेश गराएका हुन् । शेर्पा संविधानसभाकी सदस्य समेत पनि रहेकी छन् । अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य धर्मदत्त देवकोटालाई पनि पार्टीमा प्रवेश…

  • Default Image

    किराँत जनवादी वर्कर्सका कार्यकर्ता रिहाइ प्रक्रिया सुरु

    गृह मन्त्रालयले किराँत जनवादी वर्कर्स पार्टीका नेता कार्यकर्ता रिहाइ र मुद्दा फिर्ता प्रक्रिया सुरु गरेको छ । उक्त पार्टीले पक्राउ परेका नेता कार्यकर्ताको रिहाइ र लगाइएका मुद्दा फिर्ता प्रक्रिया सुरु गरेमा राष्ट्रिय राजनीतिको मूल प्रवाहमा आउने र स्थानीय निर्वाचनमा भाग लिने बताएपछि सो पार्टीका नेता कार्यकर्ताको रिहाइ र कानुनअनुरुप फिर्ता…

  • Default Image

    एमाले केन्द्रीय कार्यालय आजबाट च्यासलमा, ओलीले औपचारिक उद्घाटन गर्ने

    नेकपा (एमाले)को केन्द्रीय कार्यालयको सञ्चालन आजबाट ललितपुरको च्यासलमा सुरु हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टीको ७४ औँ स्थापनाको दिवस पारेर एमाले केन्द्रीय कार्यालय तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनबाट सञ्चालन हुन लागेको हो । ‘अध्यक्ष केपी शर्मा ओलीले आज १ बजे औपचारिक रुपमा उद्घाटन गरेपछि एमाले केन्द्रीय कार्यालय च्यासलस्थित तुल्सीलाल स्मृति…

  • Default Image

    जलवायु परिवर्तनले परेको असरमा सबै मुलुकले सहयोग र साझेदारी आवश्यक: राष्ट्रपति भण्डारी

    राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनका कारण परिरहेको असरमा पनि सबै मुलुकले पारस्परिक सहयोग र साझेदारी गर्नुपर्ने बताइन् । चीनको हिनान प्रान्तमा जारी एसियाका लागि बोआओ फोरमको वार्षिक सम्मेलनलाई  भिडियो सन्देशमार्फत सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले महामारी नियन्त्रण र रोकथाम गर्न र आर्थिक सुधारका लागि प्रोत्साहन सहयोग गर्ने विश्वास व्यक्त…

  • Default Image

    देउवाले बालुवाटारमा बोलाए काँग्रेस शीर्ष नेताको बैठक

    प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काँगे्रसका शीर्ष नेतासँग आज बैठक बस्ने भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार दिउँसो ३ बजे बस्ने गरी उनले बैठक आह्वान गरेका हुन् । उक्त बैठकमा नेपाली काँग्रेसका संस्थापन इतर पक्षका नेता डा. शशांक कोइरालाका अतिरिक्त वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान…

  • Default Image

    नेता महतोको फेसबुक ह्याक

    लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोको सामाजिक सञ्जाल फेसबुक ह्याक भएको छ । नेता महतोले आफ्नो फेसबुक ह्याक भएको बताएका छन् । उनले पार्टी छाडेको आशयसहितको फेसबुकको स्क्रिन सट सामाजिक सञ्जालमा भाइरल भएपछि महतोले उक्त कुरा बताएका हुन् । आफ्नो फेसबुक ह्याक गर्नेलाई तुरुन्त कारबाहीको माग समेत गरेका…

  • Default Image

    तयारी नपुगेको भन्दै सत्ता गठबन्धनको बैठक सर्‍यो

      भ्यागुताको धार्नी नपुगे जरी नै सत्ता गठबन्धन दलको समेत सहमतिमा पुग्न नसक्दा मंगलबार बिहान बस्ने भनिएको सत्तारुढ गठबन्धनको बैठक सरेको छ । स्थानीय तह निर्वाचनको तालमेल टुंग्याउन भनेर बस्ने भनिएको बैंठक फेरि सारिएको हो । तालेमेलको मोडालिटी तयार गर्ने सन्दर्भमा तयारी नपुगेको भन्दै ११ः३० मा बस्ने भनिएको बैठक मंगलबार…

  • Default Image

    खोटाङमा ६ पालिकामा चार दल र चारमा तीन दलबीच गठबन्धन

    सरकारले आगामी वैशाख ३० गते देशभर एकैसाथ गर्ने भनिएको स्थानीय तहको निर्वाचनका लागि खोटाङमा सत्ता गठबन्धन दलहरूबीच तालमेल गर्ने सहमति भएको छ । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल र नेकपा (एकीकृत समाजवादी) बीच सत्ता गठबन्धनलाई कायम राख्दै स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने सहमति भएको हो ।…

Scroll to Top