Banijya News

राजनीति

देउवा दिल्लीमा, प्रधानमन्त्रीको जिम्मेवारी खाँणलाई

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा निस्किएसँगै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणलाई दिइएको छ । देउवा भारतको औपचारिक भ्रमणका निम्ति […]

प्रधानमन्त्री देउवा आजै बीजेपी कार्यालय जाने

तीन दिने औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा भारतको नयाँ दिल्ली पुगेका छन् । चार मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिल्ली पुगेका प्रधानमन्त्री देउवालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका रक्षा तथा पर्यटन राज्य मन्त्री अजय भट्टले स्वागत गरेका जनाईएको छ । देउवा चाणक्यपुरीस्थित आईटीसी मौर्य होटलमा बस्ने जानकारी दिईएको छ…


  • Default Image

    प्रधानमन्त्रीको भ्रमणले नेपाल भारत सम्बन्ध अझ प्रगाढ हुने ः सरकारका प्रवक्ता

    सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणले दुई देशबिचको सम्बन्ध अझ प्रगाढ हुने जनाएका छन् । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न शुक्रवार भएको पत्रकार सम्मेलनमा मन्त्री कार्कीले प्रधानमन्त्री देउवाको तीनदिने भारत भ्रमणले नेपाल र भारतबिचको सम्बन्धलाई अझ प्रगाढ र उच्चस्तरमा पु¥याएर मुलुकको…

  • Default Image

    बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको नियमित बैठक सुरु भएको छ । बिहीबार अपरान्ह चार बजेका लागि बोलाइएको बैठक ५ बजे बसेको हो । प्रधानमन्त्री शेरबहादुर देउवा पर्साबाट काठमाडौं आउँदा केही ढिलो हुँदा मन्त्रिपरिषद बैठक एक घण्टा ढिलो सुरु भएको हो ।  

  • Default Image

    फ्रान्सेली प्रतिनिधि सभाका सदस्यहरुले प्रधानमन्त्री देउवासँग गरे शिष्टाचार भेट

    फ्रान्सेली प्रतिनिधि सभाको फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष भेरोनिक रियोटनको नेतृत्वमा नेपाल भ्रमणमा रहेको टोलीले बुधबार विहान प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा उक्त भेटवार्ता भएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । भेटमा नेपाल–फ्रान्स द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको सचिवालयले बताएको छ । फ्रान्सेली प्रतिनिधि सभाको फ्रान्स–नेपाल…

  • Default Image

    राप्रपा खोल्ने अन्तिम तयारीमा कमल थापा

    राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका कमल थापाले नयाँ पार्टी खोल्ने तयारीमा जुटेका छन् । गत मंसिर १५ गतेबाट १७ गतेसम्म काठमाडौंमा जारी राप्रपाको महाधिवेशनबाट केन्द्रीय अध्यक्षमा हारेपछि थापा अस्थिर देखिएका थिए । राप्रपा परित्याग गरेपछि सञ्चारमाध्यममा कुराकानी गर्दै आफूले नयाँ पार्टी दर्ता गर्ने बताए पनि त्यसको नाम भने खुलाएका थिएनन्…

  • Default Image

    राष्ट्रिय सभाको चुनाबमा लुम्बिनीमा गठबन्धन उमेदवार बिजयी

    लुम्बिनी प्रदेश राष्ट्रिय सभाको चुनावमा पाँच दलीय गठबन्धन विजयी भएको छ । गठबन्धन चार हजार तीन सय ७४ मतसहित विजयी हुँदा एमालेले तीन हजार तीन सय १२ मत प्राप्त गरेको छ । गठबन्धनका तर्फबाट कांग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीका राज्य लक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विक विजयी भएका…

  • Default Image

    प्रधानमन्त्री देउवाले राष्ट्रको नाममा सम्बोधन गर्दे

    प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छने । प्रधानमन्त्री देउवालेदेउवाले शुक्रबार अपरान्ह राष्ट्रको नाममा सम्बोधन गर्ने भएका हुन् । प्रधानमन्त्री देउवाको सम्बोधन आफ्नो सरकारले पूरा गरेको ६ को अवधि, कोरोनाभाइर संक्रमण महामारी र नियन्त्रणको उपाय, आगामी निर्वाचन, समसामयिक राजनीतिकलगायतका विषयमा केन्द्रित हुने देखिएको छ ।

  • Default Image

    काँग्रेसको थारूतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी निर्वाचित

    खानेपानीमन्त्री समेत रहेका नेपाली काँग्रेसको थारूतर्फको सहमहामन्त्रीमा उमेदवार उमाकान्त चौधरी निर्वाचित भएका छन् । शेरबहादुर देउवा पक्षबाट चुनाब लडेका चौधरी पार्टी कार्यालय सानेपामा भएको मतगणनाको मतपरिणामअनुसार शेखर कोइराला पक्षका तेजुलाल चौधरीलाई पराजित गरी उमाकान्त सहमहामन्त्रीमा निर्वाचित भएका हुन् । उमाकान्तले २५५६ मत ल्याएका छन् । यता तेजुलालले १८७७ मत पाएका…

  • Default Image

    कांग्रेश पाटी कार्यलयमा महामन्त्री पदको मतगणना शुरु

    नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत महामन्त्री पदको मतगणना सुरु भएको छ । अहिले बिहान करिब साढे १० बजेदेखि मतगणना सुरु गरिएको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ । मतगणना हुनुअगाडि सबै उमेदवारलाई मतगणना स्थालमा बोलाईएको थियो । तीन स्थानमा मतगणना गरिँदै छ । करिब चार घण्टामा नतिजा…

  • Default Image

    कांग्रेस सभापति पदमा शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि निर्वाचित

    नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन् । दोस्रो चरणको मतदानमा अर्का प्रत्यासी डा. शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति पदमा निर्वाचित भएका हुन् । दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेको थियो र सभापतिमा निर्वाचित हुन बहुमत अर्थात २३११ मत चाहिन्थ्यो ।…

  • Default Image

    कांग्रेस महाधिवेशन : मतदान सम्पन्न, ४५६४ मात्रले गरे मतदान

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको मतदान सम्पन्न भएको छ । दिउँसो साढे ३ बजेदेखि सुरु भएको मतदान निर्धारित समयभन्दा डेढ घण्टा ढिला राति ९ बजे सम्पन्न भएको हो । उक्त मतदानको मतगणना केही बेरमा सुरु हुने पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । मतदानमा ४…

Scroll to Top