कांग्रेसभित्र मतभेद कायमै: खड्का पक्षको निरन्तर बैठक, आगामी रणनीतिमा केन्द्रित छलफल
नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक मतभेद अझै साम्य हुन सकेको छैन। विशेष महाधिवेशनमार्फत नेतृत्वमा आएका गगन थापाको पक्षलाई सर्वोच्च अदालतले वैधानिक मान्यता दिएपछि पनि असन्तुष्ट समूहले छुट्टै छलफललाई निरन्तरता दिएको छ। यही क्रममा नेता पूर्णबहादुर खड्का ले आइतबार पनि आफ्ना पक्षका नेताहरूसँग भेला आयोजना गरेका छन्। काठमाडौँको धुम्बाराहीस्थित पार्टी कार्यालय आसपास…

