Banijya News

राजनीति

राजीनामा दिएका गुरुङ गृह मन्त्रालयबाट बिदा भए

राजीनामा दिएका गुरुङ गृह मन्त्रालयबाट बिदा भए

गृहमन्त्री सुधन गुरुङ राजीनामा लगत्तै बुधबार गृह मन्त्रालयबाट बिदा भएका छन् । मन्त्रालयबाट बाहिरिनुअघि उनले मन्त्रालयमा कर्मचारीहरूलाई धन्यवाद दिएका छन् ।  […]

एमालेको स्थापना दिवसमा अध्यक्ष ओलीले विशेष सम्बोदन दिने

एमालेको स्थापना दिवसमा अध्यक्ष ओलीले विशेष सम्बोदन दिने

नेपाल कम्युनिस्ट पार्टीको ७७ औँ स्थापना दिवसको अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज विशेष सम्बोधन गर्दै छन। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे आयोजना हुने कार्यक्रममार्फत उनले पार्टीको आगामी नीति र समसामयिक राजनीतिक अवस्थाबारे आफ्नो धारणा राख्ने तय भएको छ। पार्टी कार्यालय सचिव डा. भीष्म अधिकारीका…


  • सभामुख अर्यालद्वारा प्रमुख सचेतक बैठक आह्वान

    सभामुख अर्यालद्वारा प्रमुख सचेतक बैठक आह्वान

     सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग छलफल गर्ने भएका छन्। यो बैठक आज बिहान १०:०० बजे सिंहदरबारस्थित कानुन समितिको हलमा बस्ने तय भएको छ l बैठकको मुख्य एजेन्डा कूटनीतिक राहदानी (डिप्लोम्याटिक पासपोर्ट) सिफारिस र यससँग सम्बन्धित व्यवस्थाका विषयमा केन्द्रित रहने बताइएको छ।…

  • गृहमन्त्री गुरुङको ५ घण्टा लामो सुरक्षा बैठक, गोप्य छलफलले बढायो चासो

    गृहमन्त्री गुरुङको ५ घण्टा लामो सुरक्षा बैठक, गोप्य छलफलले बढायो चासो

    गृहमन्त्री सुधन गुरुङले मंगलबार साँझ गृह मन्त्रालयमा उच्च सुरक्षा अधिकारीहरूसँग करिब पाँच घण्टा लामो गोप्य छलफल गरेका छन्, जसले राजनीतिक र सुरक्षा वृत्तमा व्यापक चासो उत्पन्न गरेको छ। साँझ ६ बजेदेखि सुरु भएको बैठक राति करिब ११ बजे सकिएको थियो। छलफलमा गृहसचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर…

  • धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन, अन्य निर्णय यस्ता

    धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन, अन्य निर्णय यस्ता

    सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोग उपाध्यक्ष गुणाकर भट्टको संयोजकत्वमा अर्थमन्त्रालय सचिव घनश्याम उपाध्याय र भुवन दाहाल सदस्य रहने गरी समिति गठन गरेको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए । आजको मन्त्रिपरिषद् बैठकले ५ वटा निर्णय गरेको छ ।…

  • मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक जारी

    मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक जारी

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक जारी रहेको छ । मंगलबार अपराह्न सुरु भएको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहसहित मन्त्रीहरू सहभागी रहेका छन्। त्यस्तै, गृहमन्त्री सुधन गुरुङ पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन्। सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी दिपक भट्टसँग गृहमन्त्री गुरुङको व्यापारिक साझेदारी देखिएपछि विवाद उत्पन्न…

  • सबै निर्वाचन क्षेत्रमा रास्वपा सांसद परिचालन, प्रत्यक्ष नभएका ठाउँमा समानुपातिकले सम्हाल्ने

    सबै निर्वाचन क्षेत्रमा रास्वपा सांसद परिचालन, प्रत्यक्ष नभएका ठाउँमा समानुपातिकले सम्हाल्ने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभरका सबै प्रतिनिधि सभा निर्वाचन क्षेत्रहरूमा पार्टीका सांसदहरूको कार्यक्षेत्र तोक्दै विशेष जिम्मेवारी सुम्पिएको छ। पार्टी केन्द्रीय समितिको पछिल्लो बैठकले संगठनलाई चुस्त बनाउन र नागरिकका समस्यामा प्रत्यक्ष जोडिन भन्दै निर्वाचन क्षेत्र स्तरमा सांसदहरूलाई परिचालन गर्ने निर्णय गरेको हो । रास्वपाको यो कार्यविभाजनमा प्रत्यक्ष निर्वाचित सांसदहरूलाई उनीहरूले…

  • प्रधानमन्त्रीले लिए गृहमन्त्री गुरूङसँग लिखित स्पष्टीकरण

    प्रधानमन्त्रीले लिए गृहमन्त्री गुरूङसँग लिखित स्पष्टीकरण

    प्रधानमन्त्री बालेन शाहले गृहमन्त्री सुधन गुरूङसँग लिखित स्पष्टीकरण लिएका छन् । सम्पत्ति विवरणमा सेयर खरिदको विवरण लुकाएको, सम्पत्ति शुद्धीकरणको अभियोगमा हाल प्रहरी हिरासतमा रहेका व्यवसायी दीपक भट्टसँग ‘कनेक्सन’ जोडिएको भन्दै प्रश्न गृहमन्त्री गुरूङमाथि प्रश्न उठेको थियो । गृहमन्त्री गुरूङले आफूले ऋण लिएर सेयर खरिद गरेको भन्दै स्पष्टीकरण दिएका थिए ।…

  • प्रधानमन्त्री साहद्वारा विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल

    प्रधानमन्त्री साहद्वारा विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल

    प्रधानमन्त्री बालेन्द्र साहले विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गरेका छन् । सोमवार सिंहदरबारमा उपकुलपतिहरूसँग छलफल गरेका हुन् । प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात वटा प्रतिष्ठानका उपकुलपतिहरूलाई यस छलफलमा बोलाइएको थियो । समस्या र समाधानका उपायहरूबारे विमर्श भएको छ । यस्तै कतिपय तत्कालै समाधान गर्न सकिने समस्याबारे पनि छलफल…

  • कांग्रेसले पूर्णबहादुर खड्कालाई सोधेको स्‍पष्टीकरण फिर्ता लिने

    कांग्रेसले पूर्णबहादुर खड्कालाई सोधेको स्‍पष्टीकरण फिर्ता लिने

    नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने भएको छ । सानेपामा सोमबार दिउँसो बस्ने अनुशासन समितिको बैठकले नेता खड्कालाई सोधेको सात दिने स्पष्टीकरण फिर्ता लिने भएको हो । उनलाई २ वैशाखमा बसेको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेका थियो । अदालतले विशेष महाधिवेशनबाट आएको…

  • गृहमन्त्री गुरुङमाथि कारबाहीको माग तीव्र, जेनजी मुभमेन्टले उठायो नैतिकता र पारदर्शिताको प्रश्न

    गृहमन्त्री गुरुङमाथि कारबाहीको माग तीव्र, जेनजी मुभमेन्टले उठायो नैतिकता र पारदर्शिताको प्रश्न

    गृहमन्त्री सुधन गुरुङमाथि उठेका गम्भीर आरोपहरूको विषयमा तत्काल छानबिन र कारबाहीको माग गर्दै जेनजी मुभमेन्ट नेपालले सरकारको ध्यानाकर्षण गराएको छ। संगठनले आइतबार जारी गरेको प्रेस वक्तव्यमा गुरुङलाई पदबाट बर्खास्त गरी अनुसन्धानको दायरामा ल्याउनुपर्ने माग अघि सारेको हो। संगठनले मन्त्री पदमै बसेर निष्पक्ष छानबिन सम्भव नहुने उल्लेख गर्दै यसले स्वार्थको द्वन्द्व…

  • रास्वपाको केन्द्रीय समिति बैठक, संगठन विस्तार देखि के–के छन् एजेण्डा ?

    रास्वपाको केन्द्रीय समिति बैठक, संगठन विस्तार देखि के–के छन् एजेण्डा ?

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक आह्वान गरेको छ । पार्टीका अनुसार बैठक सोमबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय गरिएको छ। सभापति रवि लामिछाने को निर्देशनमा बोलाइएको उक्त बैठकमा समसामयिक राजनीतिक अवस्था र संगठनात्मक विषयमा छलफल हुने जनाइएको छ । पार्टी प्रवक्ता मनिष झाले का अनुसार…

Scroll to Top