सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा
सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले अब कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने भएकी छन् ।प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण अवकाश पाएपछि मल्लले यो जिम्मेवारी लिएकी हुन् । मल्ल कानुन व्यवसायी पृष्ठभूमिबाट आएकी न्यायाधीश हुन् । राउतले वकालतमा ३३ वर्ष र सर्वोच्च अदालतको न्यायाधीशका रूपमा ८ वर्ष काम गरेका…

