April 26, 2024, Friday
१४ बैशाख २०८१, शुक्रबार

आज २५६७ औँ बुद्ध जयन्ती आज, शान्तिका अग्रदूत बृद्धको पूजा आराधना गरी मनाइँदै

आज २५६७ औँ बुद्ध जयन्ती आज, शान्तिका अग्रदूत बृद्धको पूजा आराधना गरी मनाइँदै

आज २५६७ औँ बुद्ध जयन्ती । शान्तिका अग्रदूत गौतम बुद्धको पूजा आराधना र बुद्ध धर्मको महत्त्वबारे प्रवचनसहित मनाइँदै छ ।

Advertisement

यसै अवसरमा सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आज विशेष समारोह आयोजना गरिँदै छ । बुद्ध जयन्ती मनाउन लुम्बिनी क्षेत्रलाई सिँगारेर मनमोहक बनाइएको छ । मायादेवी मन्दिर, अशोक स्तम्भलगायतका पुरातात्त्विक संरचनाहरूमा रङ रोगन तथा सरसफाइ गरिएको छ । मन्दिर तथा उद्यान क्षेत्रमा झिलिमिली बत्ती जडान गरिनुका साथै तथा ठाउँ ठाउँमा बुद्ध वचन, वाणी र पञ्चशीलका नयाँ तुल ब्यानर टाँगिएका छन् ।

Advertisement

त्यस्तै काठमाडौंको स्वयम्भू र बौद्धमा पनि विशेष बुद्ध जयन्तीकै अवसरमा समारोह हुँदै छ । बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै दिन अर्थात् आजकै दिन भएकोले विभिन्न गुम्बा तथा बुद्ध धर्म मान्ने सम्प्रदायको क्षेत्रमा पनि आज विशेष समारोह हुँदै छ ।

बुद्ध जयन्तीका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री पुष्पकमल दाहालले बुद्धको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभर नै अद्वितीय रहेको उल्लेख गरेका छन् । बुद्धको दर्शन र शिक्षाप्रति गौरव गर्दै मानव जातिको हितका पक्षमा आपसी सद्भाव, सहकार्य र एकताका लागि अग्रसर हुनु नै बुद्धप्रतिको सच्चा सम्मान हुने प्रधानमन्त्रीको भनाई छ ।