April 26, 2024, Friday
१४ बैशाख २०८१, शुक्रबार

विश्वभर ३ करोड ७१ लाख ५ हजारमा कोरोना संक्रमण पुष्टि, २ करोड ७८ लाख ९६ हजार निको

विश्वभर ३ करोड ७१ लाख ५ हजारमा कोरोना संक्रमण पुष्टि, २ करोड ७८ लाख ९६ हजार निको

काठमाडौं – विश्वभर ३ करोड ७१ लाख हजार ५४४ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमित मध्ये २ करोड ७८ लाख ९६ हजार ८८० जना निको भएका छन् । यस्तै एकै दिन थप ५ हजार ८०८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या १० लाख ७२ हजार ६८६ पुगेको छ । पछिल्लो २४ घण्टामा २ लाख ५० हजार ५१७ जना संक्रमण मुक्त भएका छन् भने ३ लाख ५८ हजार ४४७ संक्रमित थपिएका छन् ।


सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ७८ लाख ९४ हजार पुगेको छ ।
दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ६९ लाख ७७ हजारमा संक्रमण पुष्टि भएको छ । यस्तै तेस्रो बढी संक्रमण हुने मुलुक ब्राजिलमा संक्रमित संख्या ५० लाख ५७ हजार पुगेको छ ।


कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख २९ हजार ५४३ जनाको मृत्यु भएको छ । ५८ लाख ३५ हजार ८७२ जना संक्रमित भएकोमा २६ लाख १५ हजार ८३९ जना संक्रमणमुक्त भएका छन् ।

Advertisement