May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

अध्यादेशमार्फत् एक दर्जन कानुन संशोधन गर्दै सरकार

अध्यादेशमार्फत् एक दर्जन कानुन संशोधन गर्दै सरकार

सरकारले अध्यादेशमार्फत् एक दर्जन कानुन संशोधन गर्ने तयारी गरेको छ । कानुन बनाउने अधिवेशनको रूपमा लिइने संसदको हिउँदे अधिवेशन हालै अन्त्य गरेको सरकारले अध्यादेशमार्फत् कानुन संशोधन गरेको हो ।

Advertisement

गएको माघ २२ गते सुरु प्रतिनिधिसभाको तेस्रो अधिवेशन गएको आइतबार (२ वैशाख)सम्म ७० दिन चालु रहँदा पाँच सरकारी विधेयक दर्ता गरिएको थियो । तीमध्ये निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० समितिमा विचाराधीन रहेको छ ।

Advertisement

तर, अहिले संसदलाई छलेर सरकारले अध्यादेशमार्फत् आधा दर्जन कानुन संशोधन गर्न लागेको हो । अमेरिकाको भ्रमणमा रहेका अर्थमन्त्री वर्षमान पुनका अनुसार अध्यादेशमार्फत् आधा दर्जन कानुन संशोधन गर्न लागेको जानकारी दिए ।

अमेरिकी (यूएस) चेम्बर अफ कमर्सका पदाधिकारीहरूसँग वासिङटनडिसीमा मंगलबार राति भएको अन्तरक्रियामा मन्त्री पुनले लगानी सम्मेलनअघि सरकारले अध्यादेशमार्फत् लगानी प्रतिकूल ठानिएका करिब एक दर्जन कानुनमा संशोधन गर्न लागेको बताएका हुन् ।

सरकारले यही वैशाख १६ र १७ गते ‘उदीयमान नेपाल’ भन्ने नाराका साथ तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको आयोजना गरेको छ ।