कस्तो छ राष्ट्रिय गौरवका आयोजनाको प्रगति स्थिति ?
नेपाल सरकारले आर्थिक वर्ष २०६८/६९ देखि रणनीतिक महत्वका आयोजनालाई ‘राष्ट्रिय गौरवका आयोजना’का रूपमा वर्गीकरण गरी प्राथमिकताका साथ कार्यान्वयन गर्दै आएको छ। सडक, ऊर्जा, सिँचाइ, खानेपानी, पर्यटन, हवाई सेवा तथा रेल क्षेत्रसँग सम्बन्धित यस्ता आयोजना दीर्घकालीन आर्थिक वृद्धिका मेरुदण्डका रूपमा अघि बढाइएका छन्। सरकारले यिनलाई राष्ट्रिय सुरक्षा सुदृढीकरण, सामाजिक तथा सांस्कृतिक…

