दानासाँघु खोलामा एकैपटक दुई पुलको निर्माण तयारी
बाजुराको दानासाँघु खोलामा एकैपटक पक्की र बेलिब्रिज पुल निर्माण भइरहेका छन् । बाजुराको मार्तडी कोल्टी सडकखण्डको बुढीनन्दा नगरपालिका २ अन्तर्गत पर्ने दानासाँघु खोलामा वेलिब्रिज र २५ मिटर लामो मोटरेवल पक्की पूल एकसाथ निर्माण कार्य शुरू भएको छ । पक्की पूल बन्न समय लाग्ने भएकाले उक्त समयसम्म स्थानीयलाई आवतजावतमा सहजता दिनका…

