Banijya News

अर्थनीति

सुनको भाउ एकैदिन तोलामा आठ हजार एक सय रुपैयाँले बढ्यो

सुनको भाउ एकैदिन तोलामा आठ हजार एक सय रुपैयाँले बढ्यो

एकैदिन सुनको मूल्य तोलामा ८ हजार १०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा […]

सहकारीले बिना इजाजत कारोबार गरे १५ लाख जरिबाना देखि खारेजीसम्म

सहकारीले बिना इजाजत कारोबार गरे १५ लाख जरिबाना देखि खारेजीसम्म

राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋण सहकारी संस्थालाई आफ्नो नियमनको दायरामा ल्याउने प्रक्रिया सुरु गरेको छ । प्राधिकरणले अनिवार्य दर्ताको व्यवस्था गरी बचत तथा ऋण सहकारी संस्थालाई आफ्नो नियमन तथा सुपरीवेक्षणको दायरा भित्र राख्न लागेको हो । प्राधिकरणले सञ्चालनमा रहेका बचत तथा ऋण सहकारी संस्थालाई दर्ता नभइ कारोबार गर्न…


  • Default Image

    गरिमा विकास बैंकको लाभांश घोषणा

    गरिमा विकास बैंकले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ। बैंकको असोज २७ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीहरूलाई गत आर्थिक वर्षको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ६ प्रतिशत बोनस सेयर र ४.५३ प्रतिशत नगद लाभांश…

  • जेन–जी आन्दोलनका घाइतेको उपचारमा एक अर्ब बढी खर्च

    जेन–जी आन्दोलनका घाइतेको उपचारमा एक अर्ब बढी खर्च

    भदौ २३ र २४ मा जेन–जी प्रदर्शनमा हालसम्म घाइते भएकाको उपचारमा एक अर्बभन्दा बढी रकम खर्च भएको छ । सामान्य र जटिल अवस्थाका घाइतेको निजी र सरकारी अस्पतालमा उपचार गर्दा ठुलो रकम खर्च भएको हो । अस्पताल पुगेकामध्ये ६५ जनाको सघन उपचार कक्षमा उपचार भएको थियो । घाइतेको उपचारको सबै रकम स्वास्थ्य मन्त्रालयले…

  • अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सलाई सम्बोधन

    अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सलाई सम्बोधन

    अर्थमन्त्री रामेश्वरप्रसाद खनाल विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) को वार्षिक बैठकमा भाग लिन हाल अमेरिकाको भ्रमणमा रहेका छन्। यसैक्रममा उनले सोमबार विभिन्न महत्त्वपूर्ण भेटवार्ता तथा एक व्यावसायिक संवाद कार्यक्रमलाई सम्बोधन गरेका छन्। अर्थमन्त्री खनालले अमेरिका चेम्बर अफ कमर्स (America Chamber of Commerce) द्वारा आयोजित 'फ्रम द हिमालयज टु…

  • सर्वोच्च अदालतमा आजबाट रिट तथा निवेदन दर्ता खुला

    सर्वोच्च अदालतमा आजबाट रिट तथा निवेदन दर्ता खुला

    सर्वोच्च अदालतले आज (मंगलबार) बाट नियमित रूपमा रिट तथा निवेदनहरू दर्ता खुला गरेको छ। गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि सर्वोच्च अदालतमा रिट तथा निवेदन दर्ता कार्य अवरुद्ध भएको थियो। आगजनीका कारण भदौ २९ गतेदेखि सर्वोच्चले बन्दीप्रत्यक्षकरण (Habeas Corpus) को मुद्दा मात्र हेर्दै आएको थियो। यद्यपि, आइतबार…

  • उन्नतिका उत्पादन अब सीजी डिजिटल सोरुममा उपलब्ध

    उन्नतिका उत्पादन अब सीजी डिजिटल सोरुममा उपलब्ध

    नेपालको सांस्कृतिक पहिचान र परम्परालाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले अघि बढिरहेको उन्नतिले आफ्ना उत्पादन काठमाडौं उपत्यकाका विभिन्न सीजी डिजिटल सोरुममा समेत उपलब्ध हुने जानकारी दिएको छ । राष्ट्रिय, प्राकृतिक, कलात्मक र परम्परागत उद्योगहरूको स्तरवृद्धि गर्ने अवधारणामा आधारित उन्नतिले कला, हस्तकला, संगीत, भाषा र जीवनशैलीका विविध अभिव्यक्तिमार्फत नेपालको मौलिक सांस्कृतिक…

  • नर्सहरूलाई सरकारी सरह तलब दिन स्वास्थ्य मन्त्रालयको निर्देशन

    नर्सहरूलाई सरकारी सरह तलब दिन स्वास्थ्य मन्त्रालयको निर्देशन

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नर्सिङ तथा स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सरकारी सरह नघट्ने गरी लागू गर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले सबै सरकारी अस्पताल, प्रतिष्ठान, मेडिकल कलेज र सामुदायिक तथा निजी अस्पताललाई नर्सिङ एवम् स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सुविधा सरकारी सरह नघट्ने गरी लागू…

  • नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार चार अर्ब माथि

    नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार चार अर्ब माथि

    आज शेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक ४४.२५ अंकले बढेर २५४७.६० को विन्दुमा बन्द भएको छ । आज ३३० कम्पनीको ९९ लाख ४ हजार ८७४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९७ करोडको शेयर कारोबार भएको छ । आज २०० कम्पनीको शेयर मूल्य बढेको छ भने ४४…

  • एमआरपी र मूल्यसूची नराख्ने १५ पसललाई वाणिज्य विभागले तिरायो ३ लाख जरिबाना

    एमआरपी र मूल्यसूची नराख्ने १५ पसललाई वाणिज्य विभागले तिरायो ३ लाख जरिबाना

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १५ फर्म तथा पसललाई जरिबाना गरेको छ भने १३ वटालाई सामान्य निर्देशन दिएको छ । विभागले नियमित अनुगमन अन्तर्गत आइतबार २९ फर्म तथा पसल अनुगमन गरेको थियो । विभागको अनुगमन टोलीले अनुगमन क्रममा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) र मूल्यसूची नराख्ने १५ फर्मलाई ३…

  • “पूँजी बजारको भविष्य उज्वल छ, उच्च मनोबल र संयमित भएर कारोबार गर्नू”

    “पूँजी बजारको भविष्य उज्वल छ, उच्च मनोबल र संयमित भएर कारोबार गर्नू”

    स्टक ब्रोकर्स एशोसिएशन अफ नेपाल (एसबान)ले नेपालको पूँजी बजारको दीर्घकालीन सम्भावना उज्जवल रहेको भन्दै लगानीकर्तालाई आत्मविश्वासका साथ संयमित ढंगले कारोबार गर्न आग्रह गरेको छ। पछिल्लो समय बजारमा देखिएको अनिश्चितताका कारण लगानीकर्ताको मनोबल कमजोर भएको भन्दै अब धैर्य र सकारात्मक दृष्टिकोणका साथ अघि बढ्न एसबानका अध्यक्ष सागर ढकालले आह्वान गरेका हुन्।…

  • राष्ट्र बैंकले तीन अर्ब रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने

    राष्ट्र बैंकले तीन अर्ब रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने

    नेपाल राष्ट्र बैंकले ३ अर्ब ३० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेपका रुपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा राख्नका लागि बैंकहरुसँग प्रस्ताव माग गरेको छ। राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा २ अर्ब ६४ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरुमा…

Scroll to Top