भारत–नेपाल व्यापार सहजीकरण र चीनसँग आर्थिक साझेदारीबारे अर्थमन्त्री र राजदूतबीच छलफल
अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र नेपालका लागि जनगणतन्त्र चीनका राजदूत महामहिम चेङ्ग सोङ्गले मंगलबार छुट्टाछुट्टै शिष्टाचार भेट गरेका छन्। उक्त अवसरमा नेपाल–भारत व्यापार सहजीकरण र चीनसँगको आर्थिक साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ। भारतीय राजदूतसँगको भेटमा अर्थमन्त्री खनालले नेपाल–भारतबीचको लामो सम्बन्धको चर्चा गर्दै…

