मुद्दति निक्षेपमा २ अर्ब ७७ करोड रुपैयाँ लगानी गर्दै राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा साढे २ अर्ब बढी लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले विभिन्न कोषमा रहेको २ अर्ब ७७ करोड ६७ लाख रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो। यसका लागि भदौ ८ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ।…

