अर्थले थाल्यो चार रुग्ण उद्योग निजीकरण गर्ने प्रकृया
अर्थ मन्त्रालयले चार रुग्ण उद्योग निजीकरण गर्ने प्रकृया थालेको छ । चार उद्योगको डीडीए गर्न ४२ चार्टर्ड एकाउन्टेन्ट संस्थाले आशयपत्र पेस गरेको अर्थ मन्त्रालयले जनाएको छ । जनकपुर चुरोट कारखाना लिमिटेड, नेपाल ओरिएन्ट म्याग्नेसाइट, बुटवल धागो कारखाना लिमिटेड र नेपाल मेटल कम्पनीको परामर्शदाता नियुक्तिका लागि संक्षिप्त सूची प्रकाशित गरेको हो…

