Banijya News

बाणिज्य

बुढिगण्डकीमा निजी क्षेत्र लगानी गर्न तयार छः अध्यक्ष ढकाल

बुढिगण्डकीमा निजी क्षेत्र लगानी गर्न तयार छः अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माण कार्य तत्काल अगाडि बढाउन सम्बन्धित सबै पक्षलाई आग्रह […]

लोकमान्य गोल्छा पोल्यान्ड सरकारद्धारा विभूषित

लोकमान्य गोल्छा पोल्यान्ड सरकारद्धारा विभूषित

नेपालका प्रतिष्ठित व्यवसायी लोकमान्य गोल्छा पोल्यान्ड सरकारबाट बिभूषित भएका छन् । उनलाई पोल्याण्ड सरकारले प्रदान गर्ने ‘अफिसर्स क्रस अफ दअर्डर अफ मेरिट अफपोल्यान्ड’ (Officer's cross of the order of merit of the republic of Poland) पदकबाट विभूषित भएका छन् ।गोल्छा नेपालका लागि गणतन्त्र पोल्यान्डका अवैतनिक वाणिज्यदूत हुन् । बुधबार काठमाण्डौमा…


  • तारे होटलको मापदण्ड परिमार्जन गर्दै सरकार

    तारे होटलको मापदण्ड परिमार्जन गर्दै सरकार

    सरकारले तारे होटलहरूको मापदण्ड परिमार्जन गर्ने तयारी गरेको छ । सरकारले कोठाको संख्याभन्दा गुणस्तर, दिगोपन र वातावरणमैत्री पूर्वाधारलाई केन्द्रमा राख्दै मापदण्ड परिमार्जन गर्ने तयारी गरेको तयारी गरेको हो । अन्तर्राष्ट्रिय अभ्यासअनुसार होटल उद्योगलाई प्रतिस्पर्धी बनाउने र नेपालकै मौलिकता झल्किने गरी मापदण्ड सुधार गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रक्रिया…

  • वाणिज्य बैंकहरूको नाफा ११ प्रतिशतले वृद्धि, कुनको कति ?

    वाणिज्य बैंकहरूको नाफा ११ प्रतिशतले वृद्धि, कुनको कति ?

    वाणिज्य बैंकहरूको नाफा ११.५१ प्रतिशतले बढेको छ । बैंकहरूले चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिकसम्मको वित्तीय विवरण अनुसार वाणिज्य बैंकहरूको नाफा ११ प्रतिशतले वृद्धि भएको हो । चालु आवको यो अवधिमा बैंकहरुले ३० अर्ब ५९ करोड ३९ लाख रुपैयाँ बराबरको नाफा कमाएका छन् । गत आर्थिक वर्ष अर्थात् २०८१/८२…

  • तोलाको २० हजार पाँच सयले बढ्यो सुनको मुल्य

    तोलाको २० हजार पाँच सयले बढ्यो सुनको मुल्य

    बिहीबार नेपाली बजारमा सुनको मुल्य ह्वात्तै बढेको छ । आज सुनको मुल्य तोलामा २० हजार ५ सय रुपैयाँले बढेको हो । ३ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको सुन आज ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ । आज चाँदीको…

  • ‘ग्रे–लिस्ट’ बाट बाहिरिन अब एक वर्ष मात्र, कस्तो छ एफएटीएफले दिएको कार्ययोजना ?

    ‘ग्रे–लिस्ट’ बाट बाहिरिन अब एक वर्ष मात्र, कस्तो छ एफएटीएफले दिएको कार्ययोजना ?

    वित्तीय कारोबारको निगरानी गर्ने अन्तर्राष्ट्रिय मञ्च ‘फाइनान्सियल एक्सन टास्क फोर्स’ (एफएटीएफ) को ‘ग्रे–लिस्ट’ बाट बाहिरिन अब एक वर्षको समय मात्र बाँकि छ । आगामी एक वर्षभित्र ‘गे–लिस्ट’ बाट उम्किन एफएटीएफले दिएको दुई वर्षमध्ये एक वर्ष सकिएको छ । बाँकी एक वर्षमा तोकिएको सबै पूरा गरे मात्र बाहिर निस्कन पाइने छ ।…

  • रिज लाइन इनर्जीले माघ २८ गतेदेखि आईपीओ निष्काशन गर्ने

    रिज लाइन इनर्जीले माघ २८ गतेदेखि आईपीओ निष्काशन गर्ने

    रिज लाइन इनर्जी लिमिटेडले माघ २८ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि पहिलो चरणमा निष्काशन गरेको आईपीओको बाँडफाँट सम्पन्न गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ ल्याउन लागेको हो। कम्पनीले जारी पूँजी १…

  • वीरगञ्जस्थित मितेरी पुलमा सीमा सुरक्षा पोष्ट सञ्चालन

    वीरगञ्जस्थित मितेरी पुलमा सीमा सुरक्षा पोष्ट सञ्चालन

    नेपाल–भारत सीमावर्ती क्षेत्र पर्सा वीरगञ्जस्थित मितेरी पुलमा सीमा सुरक्षा पोस्ट सञ्चालनमा ल्याइएको छ । वीरगञ्ज महानगरपालिकाको सहयोग र सशस्त्र प्रहरी बल नम्बर १३ गण हेड क्वाटर पर्सा र ग्रीनसिटी सामुदायिक सेवा केन्द्रको सहकार्यमा सीमा सौन्दर्यकरण र सीमा सुरक्षा पोस्ट तयार पारिएको हो । वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले सीमा सुरक्षा…

  • एक वर्षभित्र ‘ग्रे लिस्ट’बाट बाहिरिने गरी काम गरौँ : अर्थमन्त्री खनाल

    एक वर्षभित्र ‘ग्रे लिस्ट’बाट बाहिरिने गरी काम गरौँ : अर्थमन्त्री खनाल

    अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को ‘ग्रे लिस्ट’बाट जतिसक्दो चाँडो बाहिर निकाल्न सबै क्षेत्र र निकाय जिम्मेवार भएर लाग्नुपर्ने बताएका छन् । ‘सम्पत्ति शुद्धीकरण निवारणः पारदर्शिता र वित्तीय सुशासन’ भन्ने मूल नारासहित बुधबार आयोजित सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस, २०८२ का अवसरमा अर्थमन्त्री…

  • नेप्सेमा ५.३८ अंकको बृद्धि, १४ अर्बको कारोबार

    नेप्सेमा ५.३८ अंकको बृद्धि, १४ अर्बको कारोबार

    नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा सोमबार र मंगलबार ‘करेक्सन’ आए पनि बुधबार भने त्यो क्रम रोकिएको छ । मंगलबार ४२.५८ अंक घटेको नेप्से बुधबार भने ५.३८ अंकमात्र बढेको छ । सोमबार र मंगलबारको तुलनामा नेप्सेमा कारोबार रकम भने घटेको छ । सोमबार १६ अर्बभन्दा माथि पुगेको कारोबार रकम मंगलबार केही…

  • बागबजार–वरवरमहल सडकमा बक्स कल्भर्ट निर्माण

    बागबजार–वरवरमहल सडकमा बक्स कल्भर्ट निर्माण

    काठमाडौँ महानगरपालिकाले पुतलीसडकबाट बागबजार हुँदै रत्नपार्क जाने सडक खण्डको टुकुचा खोलामा बक्स कल्भर्ट निर्माण गर्ने भएको छ । यस योजनाको लागत ५७ लाख ७२ हजार छ सय ९४ रुपैयाँ निर्धारण गरिएको छ भने प्रारम्भिक लागत अनुमान ७० लाख ७२ हजार एक सय ८२ रुपैयाँ थियो। यो कल्भर्ट सडकतर्फ ५ मिटर…

  • वाणिज्य विभागले स्टोर अन द डोरलाई तिरायो ५१ हजार जरिवाना

    वाणिज्य विभागले स्टोर अन द डोरलाई तिरायो ५१ हजार जरिवाना

    नियमित रुपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई ५१ हजार रुपैयाँ जरिवाना गरेको छ । अनुमगनको क्रममा कैफियत फेला परेपछि विभागले नागार्जुन नगरपालिका–४ सितापाइलामा रहेको स्टोर अन द डोर प्रालिलाई ५१ हजार रुपैयाँ जरिवाना गरेको हो । विभागले काठमाडौं, भक्तपुर, कीर्तिपुर, नागार्जुन,…

Scroll to Top