बैंक तथा वित्तीय संस्थाको निक्षेप ५५ खर्ब नाघ्यो
बैंक तथा वित्तीय संस्थामा ५५ खर्बभन्दा बढी निक्षेप संकलन भएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीहरुको कुल निक्षेप रकम ५५ खर्ब नाघेको हो । यो रकम नेपालको अर्थतन्त्रको आकारभन्दा ठूलो हो ।...