नवप्रवर्तनमै नेपालको भविष्य : एआई, अनुसन्धान र स्टार्टअपमा लगानी बढाउन निजी क्षेत्रको जोड
ज्ञान, प्रविधि र नवप्रवर्तनमा आधारित अर्थतन्त्र निर्माण नगरेसम्म नेपालले विश्वव्यापी प्रतिस्पर्धामा उल्लेखनीय स्थान बनाउन नसक्ने भन्दै नेपाल चेम्बर अफ कमर्सले अनुसन्धान, कृत्रिम बुद्धिमत्ता (एआई) र स्टार्टअप क्षेत्रमा लगानी बढाउन सरकार र निजी क्षेत्रलाई संयुक्त रूपमा अघि बढ्न आग्रह गरेको छ। काठमाडौंमा सनवे कलेजद्वारा आयोजित इनोभेसन फेस्ट २०२६ को उद्घाटन समारोहलाई…

