हिमालयन बैंकबाट हात झिक्दै हबिब, नेपाली बजारबाट पूर्ण रूपले हट्ने
पाकिस्तानको बहुराष्ट्रिय वित्तीय संस्था हबिब बैंकले नेपाली बैंकिङ क्षेत्रबाट आफ्नो यात्रा टुंग्याउने तयारी गरिरहेको छ। दुई दशकभन्दा लामो समयदेखि हिमालयन बैंकमा संस्थापक सेयरधनीको रूपमा रहँदै आएको हबिब अब आफ्नो बाँकी सम्पूर्ण सेयर बिक्री गर्न चाहन्छ। उसको स्वामित्वमा रहेको दुई करोड ८० लाखभन्दा बढी कित्ता सेयर एकमुष्ट बिक्रीका लागि राखिएको छ,…

