बिमा प्राधिकरणका अध्यक्ष ओझालाई पदबाट बर्खास्त हुने, अख्तियारले भ्रष्टाचार मुद्दा चलाउन सक्ने
अनुभवको फर्जी कागजात बुझाएको आरोपमा छानबिनमा परेका नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदका लागि अयोग्य ठहर भएका छन्। मन्त्रिपरिषद्ले गठन गरेको छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाउँदै ओझा बिमा ऐनअनुसार अध्यक्ष पदको योग्यताका लागि अयोग्य रहेको निष्कर्ष निकालेको हो। यससँगै ओझाको प्राधिकरण फर्किने बाटो बन्द भएको छ। अयोग्य ठहर हुनुको…

