Banijya News

इन्सुरेन्स

शिखर इन्स्योरेन्सको सञ्चालकमा अश्माङ्क कार्की नियुक्त

शिखर इन्स्योरेन्सको सञ्चालकमा अश्माङ्क कार्की नियुक्त

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा अश्माङ्क कार्की नियुक्त भएका छन् । भदौ १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कार्कीलाई […]

१४ निर्जीवन बिमा कम्पनीले जारी गरे दुई लाख १५ हजार बीमालेख

१४ निर्जीवन बिमा कम्पनीले जारी गरे दुई लाख १५ हजार बीमालेख

निर्जीवन बिमा कम्पनीहरूले चालू आर्थिक वर्षको पहिलो एक महिना चार अर्ब ३१ करोड ८४ लाख ४४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । बिमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका १४ वटा निर्जीवन बिमा कम्पनीले कुल दुई लाख १५ हजार दुई सय ८५ वटा बीमालेख जारी गरेका हुन् । चालू आवको पहिलो एक…


  • कुल बिमालेख संख्या एक करोड ८४ लाख नाघ्यो, प्रिमियम एक खर्ब ९५अर्ब

    कुल बिमालेख संख्या एक करोड ८४ लाख नाघ्यो, प्रिमियम एक खर्ब ९५अर्ब

    नेपालमा कुल बिमालेख संख्याको दायरा वृद्धि भएको छ । गत जेठसम्म जारी भएको बिमालेख अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.७ प्रतिशत बृद्धी भएको हो । गत जेठसम्म बिमालेख संख्या बढेर एक करोड ८४ लाख २५ हजार २३० पुगेको छ । यस अवधिमा वैदेशिक बिमालेख, म्यादी र लघु म्यादी बिमालेख…

  • सेयर बजारमा बीमा कम्पनीको लगानी ५९ प्रतिशतले बढ्यो, कसको कति ?

    सेयर बजारमा बीमा कम्पनीको लगानी ५९ प्रतिशतले बढ्यो, कसको कति ?

    पछिल्लो समय बीमा कम्पनीहरुले सेयर बजारमा गरेको लगानीमा उच्च वृद्धि देखिएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार गत आर्थिक वर्षमा बीमा कम्पनीहरुले अघिल्लो आर्थिक वर्षको भन्दा ५९.५८ प्रतिशतले सेयर बजारमा गर्ने लगानी वृद्धि गरेका हुन् । हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुमध्ये १३ वटा कम्पनीले गत आवमा ३०…

  • बीमा प्राधिकरणको अध्यक्ष नियुक्ति प्रक्रियाका लागि सिफारिस समिति गठन

    बीमा प्राधिकरणको अध्यक्ष नियुक्ति प्रक्रियाका लागि सिफारिस समिति गठन

    सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्ति प्रक्रिया थालेको छ । यसका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरिएको छ । यही भदौ ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो । समितिको सदस्यमा अर्थसचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यमा खोमराज खरेल रहेका…

  • क्रेस्ट माइक्रो लाइफले कमायो एक करोड १० लाख रुपैयाँ नाफा

    क्रेस्ट माइक्रो लाइफले कमायो एक करोड १० लाख रुपैयाँ नाफा

    क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आ.व. २०८१/८२ (२०२५) को पहिलो नौ महिनामा १ करोड १० लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले यसअघि आ.व. २०८०/८१ (२०२४) मा १ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । imagesइक्रा नेपालको प्रतिवेदन अनुसार, क्रेस्टले ९ महिनामा कुल बीमा प्रिमियम संकलन २३ करोड…

  • सम्पत्ति शुद्धीकरणमा सहयोग गर्ने बिमा कम्पनीलाई पाँच करोडसम्म जरिवाना हुने

    सम्पत्ति शुद्धीकरणमा सहयोग गर्ने बिमा कम्पनीलाई पाँच करोडसम्म जरिवाना हुने

    वास्तविक धनीको पहिचान नगर्ने, बृहत् ग्राहक पहिचान नगर्ने तथा पहिचान अद्यावधिक नगर्ने बिमा कम्पनीलाई पाँच करोड रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ । उच्चपदस्थ व्यक्तिको पहिचान हुने प्रणालीको व्यवस्था नभएका तथा प्रभावकारी नभएका कम्पनीहरूलाई यस्तो जरिवानाको व्यवस्था गरिएको हो । नेपाल बिमा प्राधिकरणले शुक्रबार ‘सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आमविनाशकारी हातहतियार निर्माण…

  • बीमा कम्पनीहरूको बीमा शुल्क आर्जन १४ प्रतिशतले बढ्यो

    बीमा कम्पनीहरूको बीमा शुल्क आर्जन १४ प्रतिशतले बढ्यो

    बीमा कम्पनीहरूले गत आर्थिक वर्ष २०८१/८२ मा आर्जन गर्ने बीमा शुल्क १४ प्रतिशतले बढेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार २८ वटा बीमा कम्पनीहरूले गत आवमा कुल दुई खर्ब २७ अर्ब १८ करोड ५९ लाख ५४ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्। यो रकम अघिल्लो आवको तुलनामा १४ दशमलव ७६…

  • निर्जीवन बीमा कम्पनीको लगानी ६६ अर्ब नाघ्यो, कुनको कति ?

    निर्जीवन बीमा कम्पनीको लगानी ६६ अर्ब नाघ्यो, कुनको कति ?

    निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष २०८१/८२ मा करिब सवा ६६ अर्ब रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरूले ६६ अर्ब २३ करोड २५ लाख रुपैयाँ लगानी गरेका हुन्। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ६६ अर्ब ५२ करोड…

  • नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त

    नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त

    सरकारले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई पदबाट हटाएको छ। आज (भदौ ९ गते) बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको हो। ओझालाई सरकारले गत फागुन १२ गते मात्रै बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो। तर, पदभार ग्रहण गरेको सात महिनापछि नै उनलाई हटाइएको हो। सरकारले यसअघि उच्च अदालतका…

  • एक वर्षमा ९१ अर्ब ६ करोड रुपैयाँ बीमा दाबी भुक्तानी

    एक वर्षमा ९१ अर्ब ६ करोड रुपैयाँ बीमा दाबी भुक्तानी

    गत आर्थिक वर्ष २०८१/८२ मा जीवन र निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुबाट ९१ अर्ब रुपैयाँ बढी दाबी भुक्तानी भएको छ। नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको बीमा प्रतिविम्बअनुसार समीक्षा वर्षमा हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा, ३ वटा लघु जीवन बीमा, १४ वटा निर्जीवन बीमा र ४ वटा लघु निर्जीवन…

  • Default Image

    बीमा कम्पनीहरुले सेयर धनिलाई दिए लाभांश, कुनले कति ?

    सेयर बजारमा सूचीकृत सबैजसो बीमा कम्पनीहरूले सेयर लगानीकर्तालाई २०८०/८१ को नाफापछि लाभांश दिएका छन्। बीमा कम्पीहरूले प्रायः एक वर्ष ढिलो गरेर लाभांश दिँदै आएका छन्। केही कम्पनीले गत पुसमै २०८०/८१ को नाफापछि लाभांश दिएका भएपनि केही कम्पनीले गत महिनासम्म लाभांश दिँदै थिए। दुई वर्षको लाभांशको आशामा यस्ता कम्पनीको मूल्य घटेको…

Scroll to Top