बिमा कम्पनीहरूको लगानी मुद्दती निक्षेपमै सीमित
नेपालका जीवन र निर्जीवन दुवै प्रकारका बिमा कम्पनीहरूको लगानी हालसम्म पनि प्रमुख रूपमा बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमै सीमित रहेको पाइएको छ। नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो पाँच आर्थिक वर्षको तथ्यांक अनुसार बिमा कम्पनीहरूले लगानीका अन्य क्षेत्रतर्फ विस्तार गर्न नसकेको देखिएको हो। प्राधिकरणको विश्लेषण अनुसार, बिमा कम्पनीहरूले कुल…

