अन्ततः बोले प्रधानमन्त्री : वार्ता र संवादबाट समाधान खोज्न आग्रह, सर्वदलीय बैठक आह्वान
देशभर फैलिएको जेन-जी आन्दोलन उग्र बन्दै गएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अन्ततः मौनता तोडेका छन्। उनले मुलुकमा देखिएको संकट समाधानका लागि वार्ता र संवादकै बाटो रोज्नुपर्नेमा जोड दिंदै सर्वदलीय बैठक आह्वान गरेका हुन्। ओलीले आन्दोलनलाई लोकतान्त्रिक अभ्यासको हिस्सा भने पनि हिंसात्मक घटनाले राष्ट्रलाई थप संकटमा धकेल्ने चेतावनी दिएका छन्।…

