समता शुल्क फिर्ताको घोषणा : प्रधानमन्त्री–अर्थमन्त्रीबीच समन्वय कि शक्ति प्रदर्शन ?
शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क हटाउने प्रधानमन्त्री बालेन्द्र शाहको सार्वजनिक घोषणाले सरकारभित्रको निर्णय प्रक्रिया, अधिकार बाँडफाँट र कार्यशैलीमाथि नयाँ बहस सुरु भएको छ। सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीले शुल्क हटाउने जानकारी दिएपछि अर्थ मन्त्रालयको भूमिका, मन्त्रिपरिषद्को संवैधानिक अधिकार तथा सरकारभित्रको समन्वयबारे विभिन्न प्रश्न उठ्न थालेका छन् ।…

